Home समाचार पर्सा जिल्लाको सीमा नाकाबाट खुल्यो तस्करीको लाइन, सशस्त्र प्रहरी प्रमुख मुकदर्शक

पर्सा जिल्लाको सीमा नाकाबाट खुल्यो तस्करीको लाइन, सशस्त्र प्रहरी प्रमुख मुकदर्शक

बीरगंज ३० साउन। सीमा नाकाबाट बढ्दै गएको तस्करीको लाइन न्यूनीकरण गर्न जिम्मा पाएका सशस्त्र प्रहरी, आर्थिक प्रलोभनमा पर्न थालेपछि चोरी तस्करी न्यूनीकरण हुनुको साट्टो बढ्दै गएको आकलन गर्न थालिएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले बिरगंजको शहरी क्षेत्र अर्थात बिरगंज भन्सार क्षेत्रमा निगरानी बढाएपनि जिल्लाको ग्रामिण क्षेत्रहरूबाट खुल्याम अबैध रकम असुल गरी चोरी तस्करीको लाइन चलाउने गरेको पाइएको हो ।

पर्सा जिल्लाको श्रीसिया, अमरपट्टी, धोरे, भिस्वा, आसवारीको नाकाहरूबाट अबैध रकम असुल गरी तस्करी धन्दालाइ बढावा दिएको आरोप लाग्न थालिएको छ । चोरी तस्करी न्यूनीकरणको सट्टा चोरी तस्करीलाइ बढावा दिनमा सशस्त्र प्रहरीकै हात हुने गरेको एक घटनाले उजागर पारेको छ । बिगत केहि दिन अगाडी ३ वटा पिकअपमा लोड रहेको केराउ र ३ पिकअपमा लोड रहेको मिठा बारे सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियालाइ सुचना आएपनि नियन्त्रणमा लिनुको साटो उल्टै स्थानीय प्रहरीलाइ सुचना दिएर भगाएको आरोप स्थानीय श्रोतले दाबि गरेका छन ।

पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने भिस्वा नाकाबाट हुने गरेको चोरी तस्करी बारे पटक पटक सशस्त्र प्रहरी उपरीक्षक थपलियालाइ सुचना दिएपनि नियन्त्रणमा लिनुको साटो उल्टै चोरी तस्करी गर्ने गिरोहलाइ सचेत गराउने गरेको, उनले दाबि गरे । चोरी तस्करी नियन्त्रण गर्नु मात्र प्रहरीको जिम्मेवारी नभएर एउटा सचेत नागरिकको हैसियतले हामि सबैको जिम्मेवारी भएपनि प्रहरी नै आर्थिक प्रलोभनमा परे पश्चात चोरी तस्करीको फस्टाउनु पनि स्वाभाविक हो, उनले थपे ।

भिस्वा नाकाबाट चोरी तस्करी नियन्त्रणको साट्टो फस्टाउदै जानुमा प्रमुख दोषी सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया रहेका छन भने चोरी तस्करीको रकम उठाउनमा प्रमुख दायित्व निर्वाह गर्दै आएका स्थानीय बोर्डर आउट पोस्ट रहेको बताइन्छ । भिस्वा नाकाबाट गर्ने गरेको चोरी तस्करी समुहले स्थानीय बोर्डर आउट पोस्ट लहावरथलरीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक केशव ओलियाको माध्यमले सशस्त्र प्रहरी उपरीक्षक थपलियाले रकम बुझने गरेको सशस्त्र प्रहरीकै कर्मचारीहरू बताउछन ।

पर्सा जिल्लाको ग्रामिण भेगबाट सशस्त्र प्रहरी नायब उपरीक्षक केशव ओलियाकै माध्यमले रकम उठने गरेको र सो रकमबाट भागबन्डा हुने गरेको श्रोतको दाबि रहेको छ । उनका अनुसार भागबन्डा ६०-४० हुने गरेको समेत दाबि गरे । बिगत केहि दिन अगाडी श्रीसिया नाका हुदै नेपाल भित्रिएको कपडा मकवानपुर जिल्लामा पक्राउ हुदा पर्सा जिल्लाबाट चोरी तस्करी नरोकिएको बारे प्रमानित भएको छ । यस सन्दर्भमा सम्बन्धित निकायको ध्यान जाने हो कि हेर्न बाकि नै रहेको छ ।साभार:साँझनेटवर्क डट कम

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments