Home राष्ट्रिय सङ्घीय निजामती विधेयक एकसाताभित्रै सदनमा दर्ता हुन्छ ः उपप्रधामन्त्री खड्का

सङ्घीय निजामती विधेयक एकसाताभित्रै सदनमा दर्ता हुन्छ ः उपप्रधामन्त्री खड्का

काठमाडौँ, ३१ साउन ः उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय निजामती विधेयक एकसाताभित्रै सदनमा दर्ता हुने जानकारी दिनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विधेयक छिट्टै सदनमा दर्ता हुन्छ, पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस गरिएको छ ।” सविधान जारी भएको आठ वर्ष पूरा भइसक्दासमेत सङ्घीय निजामती विधेयक जारी नभएपछि सरकारको काम गर्ने तरिका र प्राथमिकताका विषयमा आलोचना हुँदैआएको छ ।
सुशासन प्रदान गर्ने सन्दर्भमा देखिएको निर्णय प्रक्रियामा हुने ढिलासुस्ती हटाउन सुधारको कार्य योजना अघि बढाइएको उल्लेख गर्दै उहाँले पैसाको अभावले मात्र नभई झन्झटिलो निर्णय प्रक्रियाका कारण लक्ष्य अनुरुप पुँजीगत खर्च नहुँदा विकास र समृद्धिका मुद्दा ओझेलमा पर्दैआएकामा सुधारको खाँचो औँल्याउनुभयो ।
उप्रधानमनन्त्री खड्काले भन्नुभयो, “निर्णय प्रक्रियालाई छिटोछरितो गराउन केही आधारभूत सुधारको खाँचो छ, सुशासन र सेवाप्रवाह तथा सविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वनको विषयलाई सरकारले जोड दिएको छ ।” राष्ट्रसेवक कर्मचारीबाट आमसेवाग्राहीप्रति गरिएको हार्दिकतासहितको बोली, व्यवहार र कामको समाजमा सर्वत्र छलफल र चर्चाको विषय बन्न आवश्यक रहेको बताउँदै उहाँले नागरिकमैत्री सेवाप्रवाहले नेतृत्व बलियो हुने मात्र नभई सङ्गठन सुदृढ हुने पक्षमा हेक्का राख्न सुझाव दिनुभयो ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले निजामती सेवाभित्रका उच्च प्रशासनकले आफूलाई केन्द्रमा राखेका कारण निजामती विधेयक जारी हुन ढिलाइ गरिएको बताउनुभयो । युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले सङ्गठन सुदृढीकरण, नेतृत्व विकास र सकारात्मक सोच जागृत तुल्याउने उद्देश्यकासाथ आयोजना गरिएको प्रशिक्षणबाट सङ्गठनको ओज बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
युनियनले आगामी भदौ १ गते हुने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा केन्द्रिय कार्यसमितिका पदाधिकारी र सदस्य एवं सल्लाहकार, सङ्गठन र प्रशिक्षण विभागका सदस्यका लागि एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments