बिरगंज ३२ श्रावण /
पर्साको क्षेत्र न.२ मा नेपाली काङ्ग्रेसले १४ औं महाधिवेशन पश्चातको ऎतिहासिक प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न गरेको छ ।
टाउन हल पार्टी प्यालेस बिरगंजको सभा हलमा आयोजित सम्मेलनको प्रमुख अतिथि नेपाली काङ्ग्रेसको सह-महामन्त्री महेन्द्र यादवले बि.पि. कोइरालाको फोटोमा फुलमाला अर्पण तथा पानसमा दीप प्रजवलन गरि कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रम लाई सम्बोधन गर्दै विभिन्न वक्ताहरुले पार्टी भित्र रहेका गुटबन्धी,मनमुटाव लाई सबै नेता तथा कार्यकर्ताहरु मिलि अन्त्य गर्नु पर्छ । किनकि जबसम्म हामीले एक ढिक्का भएर अगाडि बडदैनौ तबसम्म नेपाली काङ्ग्रेस बलियो र प्रभावकारी हुदैन ।बिगतका दिनहरूमा भएका तिथामिठाहरुलाई बिर्सेर यदि सबै काङ्ग्रेसीहरु एकजुट भई ईमानदारी पुर्बक अगाडि बढ्यो भने आउने चुनावहरुमा जित सुनिश्चित हुनुका साथै पार्टी बलियो हुनेछ भन्नेमा विशेष जोड दिएका थिए ।
क्षेत्रीय कार्य समितिका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको क्षेत्रीय सम्मेलनमा नेपाली काङ्ग्रेसको केन्द्रिय प्रचार प्रसार बिभागको केन्द्रिय सदस्य रम्भा मिश्राले स्वागत मन्तव्य दिएकी थिइन् ।
उक्त सम्मेलनमा बिशिस्ट अतिथि पर्सा क्षेत्र न.२ को संघिय सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया अतिथिहरु पर्सा जिल्ला सभापति एवं प्रदेश सांसद जनार्दन सिंह क्षेत्री,प्रदेश सांसद श्याम पटेल,पुर्व मन्त्री ओमप्रकाश शर्मा,क्षेत्रीय प्रतिनिधि रामनारायण कुर्मी,प्रदेश सदस्य नितेन्द्र साह,अर्चना चौधरी,रामाकान्त चौरसिया,बिरगंज महानगरको उप-मेयर ईम्तियाज आलम,अशोक गुप्ता,किरण सरकार,शिवनारायण राम,जि.पि. फाउन्डेसनको जिल्ला संयोजक धिरज गुप्ता,कोपिला चौरसिया,दिना गुप्ता तथा नेताकार्यकर्ता,बुद्धिजीवी लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेस क्षेत्र न.२ का क्षेत्रीय सचीव रंजित पटेलले गरेका थिए ।

