Home समाचार हुण्डी कारोबारीहरु संग राज र अजित साहले प्रहरी प्रशासनको नाममा मासिक २२...

हुण्डी कारोबारीहरु संग राज र अजित साहले प्रहरी प्रशासनको नाममा मासिक २२ लाख लिने गरेको रहस्योद्घाटन

sharethis sharing button

वीरगंज । हुण्डी कारोबारीहरु सँग राज साह तेली र अजित साहले प्रहरी प्रशासनको नाममा मासिक २२ लाख लिने गरेको रहस्य उजागर भएको छ । प्रहरी प्रशासनले हुण्डी कारोबारीहरुको भरियाहरुलाई समातने वा अन्य कुनै प्रशासनिक समस्या भएमा हामी मध्यस्थकर्ताको भुमिका निभाई छोडाई दिने भन्दै मासिक २२ लाख लिने गरेको समाचार स्रोतले जनाएको छ ।

सर्लाही निवासी राजले वीरगंजको रानीघाटमा न्यु राज होजियारी फर्म खोली देखावटी रुपमा काम गर्दै आए पनि उनको मुख्य कारोबार हुण्डी संग नै जोडिएको स्रोतको कथन रहेको छ । हुण्डी कारोबारमा राज संग हिस्सेदार रहेका अजित साहले देखावटी रुपमा गाई पालन गर्ने गरेको स्रोतले जनाएको छ ।

भारतको रक्सौल निवासी अमरिस, बब्लु राज, सन्नी महतो, सोनु सर्राफ, गान्धी गुप्ता कलवार, अनुराग लगायतको हुण्डी साहुको अबैध रकम लिएर आउने भरियाहरुलाई बेला–बेलामा चौक–चौकबाट प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय पर्सा वा बारामा बुझाउंदा राज र अजितले प्रहरी कार्यालयमा पुग्ने गर्छन ।

प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरुलाई पहिला देखि नै महिनवारी निश्चित रहेको हुनाले ती जिम्मेवार व्यक्ति र राज साह बीच छलफल हुन्छ र सो छलफल पश्चात एउटा नजिर निकालेर हुण्डी भरियाहरुलाई छोडाउने काम हुन्छ । हुण्डी भरियाहरुलाई छोडाउने अभियानमा राज र अजित साहले वीरगंजका केही बैंकका म्यानेजर र मनी चेन्जरहरुलाई सेटिङ्गमा मिलाई राखेको हुनाले भरियाहरु पक्राउ परे पश्चात प्रहरीकै सल्लाहमा कहिले बैंकबाट रकम निकालेको स्टेटमेन्ट पेश गर्दछन् कहिले मनी चेन्जरबाट ल्याएको प्रमाण पेश गरेर भरियाहरुलाई छोडाउने गरेको स्रोतको भनाई रहेको छ ।

यदि कुनै बेला प्रहरीबाट भरियाहरुलाई उन्मुक्ति हुने अप्ठ्यारो भएको अवस्थामा सेटिङ्गमै जिल्ला सरकारी वकिलको कार्यालयबाट भरियाहरुलाई उन्मुक्ति दिने कार्य हुने गरेको स्रोत बताउदछन् । सरकारी वकिलको कार्यालयबाट पनि अप्ठ्यारो भएको अवस्थामा सेटिङ्गमा नै सम्मानित अदालतबाट पनि धरौटीमा छोडाउने कार्य राज र अजित साहले गर्ने गरेको बताईन्छ ।

बारा जिल्लाको प्रसौनी निवासी सुभाष साह तेलीले भारतीय हुण्डी कारोबारीहरु संग कुरो मिलाई राज र अजित साहको जिम्मा दिने गरेको बताईन्छ । सुभाष साहको आफ्नै भवानी मनी ट्रान्सफर रहेको छ । जसको खुल्ला रुपमा कही कतै कार्यालय देखिएको छैन् । उनी हुण्डीकै लागि भुमिगत तरिकाले मनी ट्रान्सफर सञ्चालन गर्ने गरेको बताईन्छ ।

पेशाले सुभाष शिक्षक भए पनि उनको मुख्य कारोबार हुण्डी नै हो । उनका भाई रंजित साह भन्ने रामेश्वर साह हुण्डीकै कारोबारमा संलग्न रहेको बताईन्छ । हुण्डी कारोबारीको दलालको रुपमा चर्चा पाईसकेका राज साहले बरिष्ठ प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे बीचको अडियो रेकर्ड सोमबार केही सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

सो समाचारलाई बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले व्यक्तिगत कारोबारको हिसाबलाई हुण्डी संग जोडेर भ्रमपूर्ण समाचार सम्प्रेण गरिएको भन्दै खण्डन गरेका छन् । पाठकवृन्द, यहांहरु आफै मुल्यांकन गर्नुस । राज साह तेली र बरिष्ठ प्रहरी उपरिक्षक बीच कस्तो व्यक्तिगत सम्बन्ध हुन्छ ? पटक–पटक भएको कुराकानी अडियो रेकर्ड सार्वजनिक भएको थियो ।

राज साह तेलीले सञ्चालन गरेको न्यु राज होजियारीमा टाई, बेल्ट, आईकार्ड, होलोग्राम, टिसर्ट, स्विटर लगायतका युनिफर्महरु बन्ने गरेको छ । के बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले लाखौं लाखको राज होजियारी संग युनिफर्महरु खरिद गरेका छन् त ? कस्तो व्यक्तिगत सम्बन्ध पाठकहरुलाई बुझने गरी खण्डन आईदिए राम्रो हुन्थ्यो ।

हुण्डी कारोबार संग जोडिएर राज, अजित र सुभाष साहले करोडौं करोड कमाएका छन् र अझ पनि कमाउने गरेको स्रोतको कथन रहेको छ । यसैबिच मंगलबार प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

मैनाली नेतृत्वको छानबिन समितिले छानबिन गरेर प्रतिवेदन दिएपछि सोही अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयलले जनाएको छ । अझ पनि पर्सा र बारा प्रहरी संग सुमधुर सम्बन्ध बनाएर बसेका राज, अजित र सुभाष साह माथि सम्पत्ति शुद्धिकरण विभागले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् । साभार : पर्दाफास डेलि

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments