Home कृषि नार्कले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गर्दै

नार्कले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गर्दै

 

काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘नेपालमा साना किसानहरूको जीविकोपार्जन र खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण’ बारे सञ्चालन हुने परियोजनाका बारेमा पहिलो चरणको बैठक सम्पन्न गरेको छ ।

नार्क अन्तरगतको राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्र र फिड दी फ्यूचर इनोभेसन ल्याबले संयुक्त रुपमा सो परियोजना सञ्चालन गर्दैछ । माटोमा लागेको विभिन्न रोगका कारण खाद्य सुरक्षामा चुनौती देखिएको भन्दै नार्कले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गर्न लागेको हो ।

नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले माटोजन्य रोगको समस्या बढ्दै गइरहेको अवस्थामा यस परियोजनाको प्रतिफलले किसानलाई ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

भट्टराईले माटोजन्य रोगले उत्पादनमा निकै समस्या भईरहेकाले यसको निराकरणका लागि विशेष अध्ययन नै गर्नुपर्ने देखिएकाले यो परियोजना सञ्चालन गरिएको बताए । माटोजन्य रोगका कारण साना किसान निकै मर्कामा पर्ने गरेका छन्, माटोजन्य रोगका बारेमा धेरै कुरा थाहा पनि हुँदैन र त्यसले बालीमा गरेको क्षति ठुलो हुने गरेको भट्टराईले बताए ।

परियोजनाको नेतृत्व गरिरहेका कृषि वैज्ञानिक डा. रामबहादुर खड्काले हालसम्म माटोमा विभिन्न १२ किसिमको रोग फेला परेको बताउँदै त्यसलाई नियन्त्रणका लागि योजनाबद्ध तरिकाले लाग्नुपर्ने बताए ।

‘कतिपय रोग निकै खतरनाक हुन्छन्, त्यो रोग लाग्यो भने बिघाका बिघा बाली नष्ट गर्दिन्छन् तर किसानलाई थाहा पनि हुँदैन’ कृषि बैज्ञानिक खडकाले भने, ‘बालीमा माटोका कारण रोग लागेको हुन्छ तर किसानले बालीको उपचार गरिरहेका हुन्छन्, जसले उपचार गर्दा गर्दै बाली सखाप भइसकेका हुन्छन् ।’

अहिले केरामा देखिएको पानामा रोग माटोजन्य रोग हो तर किसानले थाहा पाएन भने उसले केराको उपचार गर्नतिर लाग्छ तर आफूहरूले समयमा रोग पता लगाएका कारण त्यसलाई नियन्त्रण गर्नतिर लागेको बताए । माटोबाट हुने बिरुवाका रोगजन्य जीवाणु जस्तै ढुसी, निमाटोड र ब्याक्टेरियाल जरा र बिरुवाका अन्य भागहरूमा रोग लगाएर बिरुवालाई सङ्क्रमित गर्ने गरेको खडकाले बताए ।

माटोजन्य रोगले सबैभन्दा बढी प्रभाव तरकारीमा पार्ने गरेको हुनाले तरकारी खेती हुने ठाउँमा विशेष निगरानी गर्ने बताउँदै उनले माटोबाट हुने रोगहरू विशेष गरी चुनौतीपूर्ण हुन्छन् किनभने रोगजन्य यी जीवाणु माटोमा लामो समयसम्म बिरुवा सङ्क्रमित हुने गरेको जानकारी दिए ।

यो चालु आर्थिक वर्षदेखि सुरु हुने यो परियोजना २०८३ मा सम्पन्न हुने उनले बताए । यस परियोजनाको बजेट करिब पाँच लाख पाँच हजार अमेरिकी डलर रहेको छ । परियोजनाले तरकारि बालीमा माटो बाट सर्ने रोग र त्यसको दिगाो व्यवस्थापनका लागि प्रविधिको विकास र प्रसारको काम गर्ने ५, परियोजना मार्फत करिव ६ सय कृषक, ६० भन्दा बढि कृषि प्रसार कार्यकर्ता र ५० अनुसन्धानकर्ताको अल्पकालिन र दिर्घकालिन क्षमता अभिबृदिका कार्यक्रमहरु सञ्चालन हुनेछ ।

जलवायुमैत्री स्थानीय स्रोतसाधनमा आधारित माटोजन्य रोग व्यवस्थापनका प्रविधिहरूको विकास एवं अवलम्बनबाट कृषकहरूमा खाद्य तथा पोषण सुरक्षा गर्नका लागि अमेरिकी सहयोग नियोग फिड दी फ्याचुर कार्यक्रम अन्तर्गत हर्टिकल्चर इनोभेसन ल्याबको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नार्कले प्राप्त गरेको हो ।

यस परियोजनाको उद्देश्य दीर्घकालीन खाद्य र पोषण सुरक्षालाई सहयोग पुर्याउनका लागि तरकारी उत्पादनमा नेपालका सीमान्तकृत किसानका लागि लाभदायक हुन सक्ने वातावरणमैत्री र कम लागतको प्रविधिको विकास गर्ने लक्ष्य रहेको छ ।

कृषि तथा वन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. कल्याण मिश्रको प्रमुख आथित्यमा भएको कार्यक्रममा फीड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याब दक्षिण एसिया हवका हब म्यानेजर कृष्ण सापकोटाले परियोजनाको बारेमा बिस्तृत जानकारी गराए ।

तिन वर्ष सम्म सचालन हुने पाँच लाख पाँचहजार अमेरिकि डलर बरबारको यो परियोजना नार्कका वैज्ञानिक डा. रामबहादुर खड्का र डा. रन्जना रावलले अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट प्राप्त गरेका हुन् । कार्यक्रमका राष्ट्रिय बालि रोग अनुसन्धान केन्द्रका प्रमुख सुरज बैद्य सहित बिभिन्न क्षेत्रका व्यक्तिहरुको विशेष सहभागिता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments