Home समाचार हुण्डीमा संलग्न राज साह छानबिन समितिलाई प्रभावमा पार्न प्रयासरत्त रहेको खुलासा, सोमबार...

हुण्डीमा संलग्न राज साह छानबिन समितिलाई प्रभावमा पार्न प्रयासरत्त रहेको खुलासा, सोमबार पक्राउ परेका भरिया रायलाई छोडाउन तछाडमछाड

वीरगंज । हुण्डी माफियाको नामले परिचित राज साह तेली र एसएसपी बेलबहादुर पाण्डे बीचको अडियो रेकर्ड सञ्चारमाध्यमहरुमा सार्वजनिक भए पछि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका डिआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको सर्वविदितै नै छ ।
नेपालको अर्थतन्त्र तहसनहस पार्ने धमिराको रुपमा रहेका राज साह तेलीले मैनाली नेतृत्वको छानबिन समितिलाई प्रभावमा पार्ने प्रयासरत्त रहेको स्रोतले जनाएको छ । भारतको रक्सौल निवासी अमरिस, सन्नी महतो, बब्लु राज, सोनु सर्राफ, गान्धी गुप्ता कलवार, अनुराग लगायतको हुण्डी साहुको अबैध रकम लिएर आउने भरियाहरुलाई बेला–बेलामा चौक–चौकबाट प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय पर्सा वा बारामा बुझाउंदा राजले प्रहरी कार्यालयमा पुग्ने गर्ने गरेका छन् ।
प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरुलाई पहिला देखि नै महिनवारी निश्चित रहेको हुनाले ती जिम्मेवार व्यक्ति र राज साह बीच छलफल हुन्छ र सो छलफल पश्चात एउटा नजिर निकालेर हुण्डी भरियाहरुलाई छोडाउने काम हुन्छ ।
हुण्डी भरियाहरुलाई छोडाउने अभियानमा राजले वीरगंजका केही बैंकका म्यानेजर, मनी चेन्जर, आईएमईहरुलाई सेटिङ्गमा मिलाई राखेको हुनाले भरियाहरु पक्राउ परे पश्चात प्रहरीकै सल्लाहमा कहिले बैंकबाट रकम निकालेको स्टेटमेन्ट पेश गर्दछन् कहिले मनी चेन्जर त कहिले आईएमईबाट ल्याएको प्रमाण पेश गरेर भरियाहरुलाई छोडाउने गरेको स्रोतको भनाई रहेको छ ।
यदि कुनै बेला प्रहरीबाट भरियाहरुलाई उन्मुक्ति हुने अप्ठ्यारो भएको अवस्थामा सेटिङ्गमै जिल्ला सरकारी वकिलको कार्यालयबाट भरियाहरुलाई उन्मुक्ति दिने कार्य हुने गरेको स्रोतको कथन रहेको छ । सरकारी वकिलको कार्यालयबाट पनि अप्ठ्यारो भएको अवस्थामा सेटिङ्गमा नै सम्मानित अदालतबाट पनि धरौटीमा छोडाउने कार्य राजले नै गर्ने गरेको बताईन्छ ।
प्रहरी प्रशासनले हुण्डी कारोबारीहरुको भरियाहरुलाई समातने वा अन्य कुनै प्रशासनिक समस्या भएमा मध्यस्थकर्ताको भुमिका निभाई छोडाई दिने भन्दै मासिक २२ लाख लिने गरेको समाचार स्रोतले बताउदंछ । सर्लाही निवासी राजले वीरगंजको रानीघाटमा न्यु राज होजियारी फर्म खोली देखावटी रुपमा काम गर्दै आए पनि उनको मुख्य कारोबार हुण्डी संग नै जोडिएको स्रोतको कथन रहेको छ ।
बारा जिल्लाको प्रसौनी निवासी सुभाष साह तेलीले भारतीय हुण्डी कारोबारीहरु संग कुरो मिलाई राजको जिम्मा दिने गरेको बताईन्छ । सुभाष साहको आफ्नै वैष्णो आईएमई रहेको छ । जुन उनको बुवाको नाममा रहेको बताईएको छ । जसको खुल्ला रुपमा कही कतै कार्यालय देखिएको छैन् ।
उनी हुण्डीकै लागि घरभित्रैबाट भुमिगत तरिकाले आईएमई सञ्चालन गर्ने गरेको बताईन्छ । पेशाले सुभाष शिक्षक भए पनि उनको मुख्य कारोबार हुण्डी नै हो । उनका भाई रंजित साह भन्ने रामेश्वर साह हुण्डीकै कारोबारमा संलग्न रहेको बताईन्छ ।
हुण्डी कारोबारीको नामले चर्चा पाईसकेका राज साहले बरिष्ठ प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे बीचको अडियो रेकर्ड केही सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । सो समाचारलाई बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले व्यक्तिगत कारोबारको हिसाबलाई हुण्डी संग जोडेर भ्रमपूर्ण समाचार सम्प्रेण गरिएको भन्दै आपत्ति जनाएका थिए ।
पाठकवृन्द, यहांहरु आफै सोंच्नोस । राज साह तेली र बरिष्ठ प्रहरी उपरिक्षक बीच कस्तो व्यक्तिगत सम्बन्ध हुन सक्छ ? पटक–पटक भएको कुराकानी अडियो रेकर्ड सार्वजनिक भईसकेको छ । राज साह तेलीले सञ्चालन गरेको न्यु राज होजियारीमा टाई, बेल्ट, आईकार्ड, होलोग्राम, टिसर्ट, स्विटर लगायतका युनिफर्महरु बन्ने गरेको छ ।
के बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले लाखौं लाखको राज होजियारी संग युनिफर्महरु खरिद गरेका छन् त ? पर्सामा एसएसपी पाण्डे एसपी हुंदा हुण्डी र सुन कारोबारीहरु निकै सल्बलाएका थिए । हुण्डी कारोबार संग जोडिएका राज साह तेलीको पार्टनरको रुपमा रहेका अजित साह र सुभाष साहले करोडौं करोड कमाएका छन् र अझ पनि कमाउने गरेको स्रोतको कथन रहेको छ ।
अझ पनि पर्सा र बारा प्रहरी संग सुमधुर सम्बन्ध बनाएर बसेका राज, अजित र सुभाष साह माथि नियमनकारी निकायले छानबिन गरी यथाशिघ्र कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।
यसैबिच सोमबार बिहान करिब ११ बजेको समयमा रक्सौलबाट वीरगंज तर्फ आईरहेका जिल्ला पूर्वी चम्पारण रक्सौल नगरपंचायत वडा नं. २० डुमरियाटोला निवासी वर्ष २७ को हुण्डी भरिया बब्लु रायलाई भन्सार गेट अगाडिबाट सशस्त्र प्रहरी भन्सारले ३ लाख ५० हजार नेपाली र भारु ७० हजार सहित पक्राउ गरेको छ ।
उनको झोला चेकजांच गर्दा एभरेष्ट बैंक लिमिटेडको दुई वटा चेक एउटा १ लाख र अर्को ७० हजारको चेक फेला परेको छ । अर्को चेक सिद्धार्थ बैंक लि.को ४ लाख ५० हजारको रहेको स्रोतले जनाएको छ । रायले रक्सौलबाट BR05 U 3978 नम्बरको मोटरसाईकल चढी वीरगंज तर्फ आउदै गर्दा पक्राउ परेको स्रोतको कथन रहेको छ ।
सशस्त्र प्रहरी भन्सारले नगद रुपैया, चेक, मोटरसाईकल, तारेख पर्चा र राय सहितलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन खोज्दा जिल्लाले कुनै कारणवस बुझन नमानेपछि रायलाई वडा प्रहरी कार्यालय बिर्तामा बुझाई राखिएको स्रोतले जनाएको छ ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता दिपक गिरी संग बुझ्दा आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिए । पक्राउ परेका भरिया बब्लु राय रक्सौलका हुण्डी साहु अमरिसको रकम लिएर आईरहेको स्रोतको दाबी रहेको छ ।
बब्लुलाई छोडाउन राज साहले तछाडमछाड गरिराखेको स्रोतको भनाई रहेको छ । पक्राउ परेका राय यसभन्दा अगाडि पनि हुण्डी कारोबारमा नै पक्राउ परी सम्मानित जिल्ला अदालत पर्साबाट धरौटीमा छुटेका व्यक्ति हुन् । उनको पुरानो तारेख अझै पनि जारी रहेको स्रोतको भनाई रहेको छ ।
राज होजियारीले राजस्व छल्दै
वीरगंजको रानीघाट जिल्ला प्रशासन कार्यालय नजिक रहेका न्यु राज होजियारीले वीरगंजका करिब ७५ प्रतिशत विद्यालय र कलेजहरुको टाई, बेल्ट, आईकार्ड, होलोग्राम, टिसर्ट, स्विटर, कोर्ट लगायतका युनिफर्महरु बनाउने गरेको छ ।
विद्यालय र कलेजहरुलाई मोटो रकम कमिशन दिएर आफ्ना फर्ममा काम लिदै गरिरहेको स्रोतको भनाई रहेको छ । उनी कारोबार गर्दा नेपाल सरकारको करोडौं करोड राजस्व छल्ने गरेको बताईन्छ ।
उनको राजस्व छली कार्य “दिन दु गुना रात चौगुना” भईरहे पनि आन्तरिक राजस्व कार्यालय पर्सा, राजस्व अनुसन्धान कार्यालय पथलैया लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउदां राज होजियारी जस्तै खुलेका अन्य फर्महरु दांतले औला टोक्न बाध्य भएका छन् । साभार : पर्दाफास डेली

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments