Home समाचार नारायणी अस्पतालको पुरानो भवनबाट निस्केको लाखौंको सामग्री कर्मचारीकै मिलोमतोमा गायब

नारायणी अस्पतालको पुरानो भवनबाट निस्केको लाखौंको सामग्री कर्मचारीकै मिलोमतोमा गायब

वीरगंज २९ भदौ ।
नारायणी अस्पताल वीरगंजमा तत्कालिन स्टोर प्रमुख नायब सुब्बा सुशिल यादव, लेखापाल सुदिप माझी र हाल नारायणी अस्पताल मै कार्यरत्त सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीको मिलोमतोमा लाखौंको सामान विक्रि गरेको स्थानियहरुले आरोप लगाएका छन् ।
अस्पतालको पश्चिमतर्फ जिर्ण अवस्थामा रहेको भवन केही महिना पहिला भत्काएर त्यहाँ नयाँ भवन निर्माण भईरहेको छ । सो पुरानो भवनबाट निस्केको झ्याल, ढोका, कुर्सी, सोफा, फर्निचर लगायत हार्डवेरका अधिकांश समानहरु गायब पारी विक्रि गरिएको अस्पतालकै एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस दैनिकलाई बताए ।
अस्पतालबाट निस्केका पुरानो समानहरु विक्रि गर्नु पर्दा निलामी प्रक्रियामा जानु पर्ने प्रावधान रहे पनि बिना निलामी ठिक (काम लाग्ने) अवस्थामा रहेका सामानहरु विक्रि गरिएको समाचार स्रोतले जनाएको छ ।
अस्पतालका तत्कालिन स्टोर प्रमुख यादव, लेखापाल माझी र हाल कार्यरत्त सहायक स्टोर प्रमुख अधिकारीले एक आपसमा तालमेल गरी आफ्नो व्यक्तिगत लाभको लागि असपतालका पुरानो समानहरु बिक्री गरि लाखौं रकम हिनामिना गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पुर्व लेखापाल माझी, नायब सुब्बा यादव र वर्तमान खरीदार अधिकारीले आपसी तालमेल गरेर कैयो पटक नियम विपरीत पुरानो समान बिक्री गरेर, नक्कली बिलबिजक समेत पेस गरेर अस्पतालको बजेटबाट लाखौं रकम हिनामीना गरेको स्रोतको दावी रहेको छ ।
लेखापाल माझी हाल आन्तरीक राजस्व कार्यालाय वीरगंजमा, नायब सुब्बा यादव सहरी सघंन कार्यालयमा कार्यरत रहेका छन ।
यस बिषयमा सुब्बा सुशिल यादव संग सम्पर्क गरी प्रतिक्रिया लिन खोजदा आफुले कुनै सामानहरु विक्रि नगरेको र आफ्नो पालामा भवनबाट निस्केको सम्पूर्ण सामग्रीहरु त्यहि रहेको दाबी गरे ।
त्यसैगरी लेखापाल सुदिप माझीलाई सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।
त्यसैगरी खरीदार दाममोदर अधिकारी संग फोन गरी प्रतिक्रिया लिन खोजदा उनले अस्पतालको पुरानो भवनबाट निस्केको एउटा पनि सामान कहीं कतै नगएको र आफुहरुले विक्रि पनि नरेको बताए । पुरानो सबै सामानहरु अस्पतालमै रहेको दाबी गरे ।
यसैगरी नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह सँग बुझदा अस्पतालको मेसु बस्ने भवन छेउको वाल भत्केको र सोमा पहिला गेट पनि नरहेको कारण रातीको समयमा केही सामग्रीहरु चोरी भएको बताए । भवनबाट निस्केको सामग्रीहरु काम नलाग्ने अवस्थामो रहेको थियो । अस्पतालले आधिकारीक रुपमा कुनै सामानको निलामी नगरेको समेत प्रतिक्रिया दिए ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments