वीरगञ्ज ६ असोज
कानु अतिथि सदन पर्साको पर्साको बैठक आज वीरगञ्ज को लक्ष्मी नारायण पार्टी प्यालेसको सभा हलमा सम्पन्न भएको छ । बैठक कानु अतिथी सदन पर्साका अध्यक्ष नरेश कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा बिभिन्न बिषयमा छलफल गर्दै कानु अतिथी सदनको नाममा धर्मशाला निर्माण गर्ने सर्वसहमतले निर्णय गरिएको छ ।
कार्यक्रममा नारायणी होस्पिटल का मेसु डा चितरजन साह, आशिर्वाद होस्पिटल कलैया का संचालक एवम् स्त्री रोग विशेषज्ञ राजेश साह, नेकपा एमालेका नेता शम्भु गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष जगत प् साह कानु कानु समाज नेपाल का उपलक्ष्य सोनालाल गुप्ता, कोषाध्यक्ष ओमप्रकाश साह कानु, डा मनोज गुप्ता फिजिसियन, कलैया का CA गोबिन्द गुप्ता कानु अतिथि सदनका उपाध्यक्ष श्रवण प्रसाद साह, श्याम प्रसाद गुप्ता, कोषाध्यक्ष संजय प्रसाद गुप्ता, महासचिव बिरेन्द्र प्रसाद गुप्ता, सचिव बिवेक गुप्ता, सदस्य अकलेश साह, राजन साह कानु संचारकर्मी बिमला गुप्ता लगायतको उपस्थीती रहेको थियो ।

