मलंगवामा गत बिहीबार गणेश चतुर्थीकाे मुर्ति सेलाउने क्रममा दुई फरक धर्मका समुदायबिच भएकाे झडपमा छुरा प्रहारबाट घाइते भएका यादवकाे वीरगन्जस्थित बयाेधा मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ ।
मंगलबार पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यसमेत रहेका चाैरसियाले काठमाडौंमा स्वास्थ्य मन्त्री माेहन बस्नेतलाई नै भेटेर यादवकाे सम्पुर्ण उपचार खर्च नि:शुल्क गर्न र उपचारमा कुनै लापरबाही नगर्न आग्रह गरेका हुन् ।
यसका साथै चाैरसियाले देशका विभिन्न स्थानमा डाक्टरहरुमाथि भएकाे आक्रमण घटनाका दाेषीलाई कारबाही गर्नपनि मन्त्री बस्नेतसंग आग्रह गरे ।
जवाफमा स्वास्थ्य मन्त्री बस्नेतले मलंगवा घटनाका घाइते यादवकाे उपचारमा कुनै लापरवाही नहुने र सम्पुर्ण उपचार खर्च नि:शुल्क गरिने प्रतिबद्धता जनाए ।साथै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग परामर्श गरेर डाक्टरहरुमाथि भएका दुर्व्यहारका घटनाबारे ध्यानाकर्षण गराएर डाक्टरहरुकाे सुरक्षाका लागि आवश्यक प्रकृया तत्काल अगाडि बढाउने आश्वासन पनि दिए।
त्यसअवसरमा कांग्रेस पर्साका युवा नेता धिरज गुप्ता, हिन्दुवादी नेता अभिषेक तिवारी लगायतकाे पनि उपस्थिति थियाे । मधेस खबर

