Home समाचार पाेखरियामा बजार अनुगमन, १० वटा पसललाई कारबाही

पाेखरियामा बजार अनुगमन, १० वटा पसललाई कारबाही

वीरगन्ज,१८असाेज: पर्साकाे पाेखरिया नगरपालिका वडा नम्बर ४ पाेखरिया बजारमा अनुगमन गरी १० वटा पसललाई कारबाही गरेकाे छ ।

पाेखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवकाे नेतृत्वमा गठित अनुगमन समितिले पाेखरिया बजारमा बिहीबार अनुगमन गर्ने क्रममा १० वटा पसललाई कारबाही गरेकाे हाे ।

उपमेयर रुबी ठाकुरकाे निर्देशनमा बिहीबार खटिएको टाेलीले हाेटल, ओैषधी, कस्मेटिक, पान, फलफुल लगायतका पसलहरुमा अनुगमन गरेकाे थियाे ।अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहिन सामान फेला परेपछि ३ वटा किराना पसल, दुई वटा हाेटल, एउटा ओैषधी पसल, दुई वटा कस्मेटिक पसल र दुई वटा फलफुल पसललाई कारबाही गरिएकाे श्रीवास्तवले जानकारी दिए।

म्याद गुज्रिएका र गुणस्तरहिन सामान जफतपनि गरिएको उनले बताए । कारबाहीमा परेका पसलका सञ्चालकहरुलाई शुक्रबार नगरपालिका कार्यालयमा सम्पर्क गर्न निर्देशनपनि दिइएको उनले बताए ।

अनुगमन टाेलीममा पशु अस्पताल पाेखरियाका प्रमुख काैशल कुमार झा, पाेखरिया अस्पतालका डाक्टर सन्जय गुप्ता, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काैशलेन्द्र मिश्रा, शिक्षा शाखा प्रमुख विजय कुमार झा, सामाजिक शाखा प्रमुख बाल्मिकी साह, प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साह लगायतकोपनि सहभागीता थियाे । मधेस खबर 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments