Home समाचार दशैं आए पनि बजारमा चहलपहल हुन सकेन, व्यवसाय न हुदाँ व्यवसायीहरु चिन्तित

दशैं आए पनि बजारमा चहलपहल हुन सकेन, व्यवसाय न हुदाँ व्यवसायीहरु चिन्तित

 

 

अखिलेश कुमार यादव // बारा मंसिर ३० –  नेपालीहरूको महान चाड दशैं आए पनि यस बर्ष बारा जील्लाक बजारमा चहलपहल खासै नरहेक भेटिएको छ । अघिल्ला वर्षहरूमा यस समयमा बाराका शहर बजारमा दशैंको चहलपलह बढेको हुन्थ्यो । बजारमा किनमेल गर्नेहरूको भीड लागेको हुन्थ्यो । व्यापार व्यवसायीहरूले त झन् यो सिजनमा असाध्यै ब्यस्त हुन्थ्ये । फुटपाथका व्यापारीहरूदेखि सपिङ महलसम्म मानिसहरूको चहलपहल देखेर दशैंको रौनक छाएको देखिन्थ्यो ।

तर अहिले देशको आर्थिक स्थिति सुधार न आए पाची अघिल्ला वर्षहरू जस्तो शहर बजारमा दशैंको चहलपहल छैन । कोरोनाका कारण लामो समयसम्म ठप्प रहेको व्यापार व्यवसाय सञ्चालनमा आए पनि व्यापार भने खासै हुन सकेको छैन पहिला दशैं भन्दा पहिला देखि न बजारमा चहलपहल आउने गर्थ्यो तर यसपाली ब्यवापार नै संकटमा रहेको व्यवसायीहरु बताउछन ।

प्रायजसो दशैंको सिजनमा धेरै राम्रो व्यापार हुने गरेको भए पनि अहिले त्यस्तो हुन नसक्दा व्यापारीहरू निराश छन् । यो समय ग्राहकको अत्याधिक भीडभाड हुने बाराका प्रमुख व्यापारिक क्षेत्र जीतपुर सदरमुकाम कलैया, परवानीपुर,सिम्रौनगढ़ बरियारपुर,गंजभवानीपुर लगाएतका स्थानका फुटपाथदेखि सपिङ सेन्टरसम्म अहिले दशैं आउन लागेको कुनै आभास छैन । दशैं आए पनि अहिले देशको आर्थिक स्थिति बिग्रिदैं गए पछि सर्वसाधारण पनि उतिकै मारमा परेका छन् ।दशैं आयो एक सिको पैसा छैन घरमा नाति नातिनी आउछ टिका लगाउनु पर्छ पैसा दिनु पर्छ तर पैसा नै न भएको बेला कहा बाट दिने भनेर अहिले सर्वसाधारणहरु चिन्तित बनेका छन् ।

देशको आर्थिक स्थिति अहिले कमजोर भएको र बैंकले समेत लगानी गर्न छोडेकोले गत बर्ष भन्दा यस बर्ष बजारमा चहलपहल न देखिएको नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए । दशैँ तिहारको बेला बाराको कलैया जीतपुर,सिमरौनगढ़ लगायतका ठाउँमा अन्यत्रभन्दा धेरै भिडभाड देखिन्छ । तर यसपालि यस्तो भिडभाड विगतको तुलनामा ५० प्रतिशत पनि छैन । जीतपुरका गल्लीमा अहिले पनि केही चहलपहल छ । तर विगतमा पाइला राख्ने ठाउँ नहुने गल्ली अहिले सहजै पार गर्न सकिन्छ ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments