
वीरगञ्ज, असोज ३०्र
निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाकि नगर प्रमुख रिना साहलाई पदमुक्त गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट विक्रम सम्बत २०७२ सालको स्थानिय तहको निर्वाचनमा नगर प्रमुख पदमा निर्वाचित साह अन्य दलमा प्रवेश गरेको जानकारी नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय कार्यसमितीको निर्णयको प्रतिलिपी सहित आयोगको कार्यालयमा प्राप्त जानकारी अनुसार नगर प्रमुख साहलाई पदमुक्त गर्ने निर्णय गरेको आयोगले सूचना जारी गरी जानकारी दिएको छ ।
नगर प्रमुख साह आफनै पति अध्यक्ष रहेको आम जनता पार्टीमा प्रवेश गरेको जनाईएको छ ।

