Home Uncategorized वडादशैंको चौथो दिन बाराको विश्रामपुर ४, बलिरामपुरमा पनि देवी कुष्माण्डाको पुजा गरी...

वडादशैंको चौथो दिन बाराको विश्रामपुर ४, बलिरामपुरमा पनि देवी कुष्माण्डाको पुजा गरी मनाईदै

 मनोज गुप्ता//  वीरगञ्ज, मंसिर १
वडा दशैंको चौथो दिन बुधवार देवी कुष्माण्डाको पुजा गरी मनाईदै छ । हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाडहरु मध्येको एक महान चाडको रुपमा मनाईने वडा दशैंमा आदिशक्ति दुर्गामाताको नववटा रुपलाई प्रत्येक दिन एउटा एउटा रुपमा पुजा गरिने चलन रहेको छ । वडा दशैंको आज चौथो दिनपनि श्रद्धालु भक्तजनहरु वैदिक विधि अनुसार माता कुष्माण्डाको पुजा आराधना गरेका छन् ।
वडा दशैं पर्व अन्तर्गत अधिकांश हिन्दु धर्मावलम्बीहरुले आ–आफ्ना घर घरमा जमरा राख्ने, नवरात्री गर्ने तथा नवदुर्गाको पूजापाठ गर्नुका साथै पछिल्लो समय प्रत्येक गाउँ तथा टोल टोलमा माताको प्रतिमा बनाई वैदिक विधि अनुसार कलश यात्रा निकाली नवदिनसम्म सामुहिक रुपमा नवरात्री गर्ने र अन्तिम दिन सामुहिकरुपमै कन्याहरुलाई छप्पनभोग ग्रहण गराई नगद समेत दानगरी ब्रत पूरा गर्ने चलन पनि बढिरहेको छ ।

त्यसै अनुरुप बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर स्थित सातोमाई पूजा समितीको अगुवाईमा विगत १० वर्षदेखि विधिवत नविराईकन प्रत्येक वर्ष सामुहिक रुपमा नवरात्री हुँदै आएको र यस वर्ष पनि पूर्व वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्षका भावि उम्मेदवार मदन यादवको विशेष सहयोगमा सामुहिक नवरात्री पूजा भईरहेको सर्वसाधारण भक्तजनहरुले बताएका छन् ।
यता विरगञ्ज महानगरपालिका वडा नं.९ रानीघाट स्थित दुर्गा पूजा समिती रानीघाटले विगत करिब २०औं वर्षदेखि प्रत्येक वर्ष नविराईकन सामुहिक रुपमा नवरात्री पूजाको आयोजना गर्दै अएको भक्तजनहरुले बताएका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments