Home समाचार दशैंको मध्यमा कालीकामाई ठप्प, कर्मचारी र जनप्रतिनिधी बीच विरगञ्जमा भागबण्डा हुँदै, सेवाग्राहीको...

दशैंको मध्यमा कालीकामाई ठप्प, कर्मचारी र जनप्रतिनिधी बीच विरगञ्जमा भागबण्डा हुँदै, सेवाग्राहीको पिडा बुझिदिने कसले ?

वीरगञ्ज, कार्तिक २//

कालीकामाईका कर्मचारी तथा पदाधिकारीहरु आफ्नो पदिय दायित्वलाई लत्याउँदै स्वार्थमा लिप्त भएको देखिएको छ ।
दशैंको मध्य अवधिमा अर्थात बडा दशैंको पाँचौ दिन विहिवार आज पालिका सँग सम्बन्धित सप्पूर्ण कारोवारको लागि अति नै महत्वपुर्ण दिन भएको थाहा हुँदाहुँदै पनि पर्सा जिल्लाको कालीकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमो नाथ प्रसाद यादव लगायत सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधीहरु दर्ता चलानीका एक जना कर्मचारीको जिम्मामा कार्यालय छोडी आ–आफ्नो रकमी भागबण्डाको लागि विरगञ्जमा बैठक गरिरहेको भेटिएको छ ।
वडा दशैंको अवसर गरेर यही शुक्रवार भोली देखि कार्यालयमा हुने लामो सार्वजनिक विदालाई मध्यनजर गर्दै सवै जिम्मेवार पालिकाका जन प्रतिनिधी तथा कर्मचारीहरु आ–आफ्ना पदिय दायित्व निर्वाह गर्ने हतारमा रहेको र कतिपय पालिकाका कर्मचारी र प्रतिनिधीहरुलाई विहान देखि बेलुकी कार्यालय समय पछि पनि खटेर काम सकाउन चटारो रहेको यस अवधिमा पर्साको कालिकामाई गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधहरुले जनता र कार्यालयको काम भन्दापनि सम्बन्धित पालिकामा हुनुपर्ने बैठक वीरगञ्जको होटलमा बसी आ आफ्नो पदीय महत्वकाँक्षाका आधारमा सकेसम्म बढी रकम हिस्सा लिने कार्यलाई बढी महत्व दिएको देखिएको छ ।


कर्मचारी तथा जनप्रतिनिधी आफ्नो कमिसन र भागबण्डाको रकमका लागि मरिहते गरेर महिनैपिच्छे आफ्नो भागको रकम लिँदै आएको तर आफ्नो श्रीमति स्तन क्यान्सर बाट पिडित भई नेपाल सरकारबाट पाउँदै आएको राहत वापतको रकम विगत सात महिना देखि दिनहुँ कार्यालयमा धाउँदा समेत हालसम्म नपाएको र आज आउँदा समेत कार्यालयको सबै फाँटमा ताल्चा लागेको हुँदा सो विषयमा कुनै सुनुवाई नभएको दुखेसो कालीकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीका महेन्द्र मुखिया बिनले पोखेका छन् ।

पछिल्लो केही समय देखि कालीकामाई गाउँपालिकाका प्रमुख, उप–प्रमुख र प्रशासकिय अधिकृत विचको आपसी तनावले सिँगो पालिकाकै कारोवार नराम्ररी प्रभावित भएको त्यस गाउँपालिकाका सर्वसाधारणहरुले बताएका छन् । तसर्थ यस्ता भ्रष्ट कर्मचारी र जनप्रतिनिधीबाट पालिकाकै भविष्य अन्धकारतिर उन्मुख हुँदै गएकोले समयमा नै यसको विकल्पको बारेमा गम्भीर हुन सम्बन्धित निकायसँग आफुहरुको आग्रह रहेको सेवाग्राहीहरुले बताएका छन् ।

 

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments