
वीरगञ्ज// कार्तिक ०४
आज बडादशैंकोसप्तमी तिथी अर्थात फुलापाति विधिपुर्वक सबै शक्तिपिठहरुमा फुलापाती भित्र्याइएको छ । त्यसै अनुरुप आज पर्साको वीरगञ्ज स्थित प्रसिद्ध गहवामाई मन्दिर, विन्दवासनीमाई मन्दिर, राधेमाई मन्दिर, विरञ्चीबर्वा स्थित कालीकामाई मन्दिर लगायतका शक्तिपिठहरुमा विधिपुर्वक फुलापाती भित्र्याइएको छ ।
साथै आज फुलापातीका दिन विभिन्न शक्तिपिठहरुमा मेलाभर्ने दर्शनार्थीहरुको भिडभाड बढेको छ । आज वीरगञ्ज स्थित गहवामाई मन्दिरमा पनि दर्शनार्थीहरुको व्यापक भिड लागेको छ । मेला भर्न गाउँ गाउँबाट हजारौको सँख्यामा दर्शनार्थीहरुको उपस्थिती देखिएको छ । मेलामा आफ्नो व्यवसाय बढाउने उदेश्यले नेपाल तथा सिमावर्ती भारतीय बजारहरुबाट व्यापारीहरुको पनि सँख्यामा बृद्धि भएको छ ।

यता मेलालाई मध्यनजर गर्दै पर्सा प्रहरीले सुरक्षा सतर्कता समेत बढाएको छ । मेलामा हुनसक्ने उत्श्रृङ्खल गतिविधीलाई मध्यनजर गर्दै सशस्त्र, जनपथ तथा सिभिल ड्रेसका प्रहरीहरु समेत परिचालन गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल साहले बताउनुभयो ।


