
वीरगञ्ज, कार्तिक ५
बडादशैंको आज अष्टमी तिथी देशैभरीका विभिन्न शक्तिपिठहरुमा बलि चढाइँएको छ । विभिन्न मनोकामना राखी भाकल गरेका श्रद्धालुहरुको मनोकामना पूर्ण भएपश्चात बलि चढाउने परम्परा अनुकुल आज वीरगञ्जको गहवामाई मन्दिरमा पनि हजारौ श्रद्धालुहरुले खसि, बोका, हाँस, कुखुरा तथा परेवाको बलि चढाएका छन् ।
आज अष्टमीका दिन वीरगञ्जको गहवामाई मन्दिर, राधेमाई मन्दिरमा बलि चढाइँदै छ भने भोली नवमीको दिन विन्दवासनीमाई मन्दिर, सिमावर्ती रक्सौल स्थित मनसामाई मन्दिर लगायतका शक्तिपिठहरुमा बलि दिने परम्परा रहेको छ ।

