
भोला यादव रौतहट, कार्तिक ५
बागमती नदीमा नुहाउन जाँदा रौतहटमा एक बालकके मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजदेवी नगरपालिका वडा नं. ९ निवासी बिरेन्द्र दासका ११ वर्षीय छोरा गौतम दास रहेका छन् ।आईतवार दिउँसो १२ बजे तिर घर नजिकैको रहेको बागमती नदीको कालीमन्दिर घाटमा एक्लै नुहाउने क्रममा पानीमा डूब्न लागेको देख्ने वितिकै स्थानियबासीहरुको सहयोगमा उद्धार गरी उपचारको लागि गौर अस्पतालमा पठाईएको तर प्रादेशिक अस्पतालको ईमरजेन्सी कक्षमा उपचारकै क्रममा बालकलाई मृत घोषणा गरिएको अभिभावकहरुले बताएका छन् ।

