वीरगञ्ज, कार्तिक ६
आज सोमवार बडादशैंको नवमी तिथी शक्तिपिठहरुमा माता सिद्धिदात्रीको पूजा पाठ एवम् अनुष्ठान हुँदै छ । महानवमीका दिन दशैंघर र कोत लगायत देवी मन्दिर र शक्तिपिठहरुमा बोका,हाँस, राँगा तथा कुखुरा कोबलि दिई देवीको पूजा अनुष्ठान गर्ने र स्तोत्र वाचन गर्ने परम्परा रहेको छ ।
साथै वर्षमा एक दिन मात्र खुल्ला गरिने तलेजु भवानीको मन्दिर आज नवमीको दिन खुल्ला गरिएकोे छ । मन्दिर खुल्ला गरिएसगै भवानीको दर्शनका लागि आज विहानैदेखि हनुमानढोका दरबारमा श्रद्धालुहरुको लाईन लागेको छ । नेवार समुदायले ईष्ट देवताको रुपमा पुज्ने गरेको तलजेजु भवानीलाई फुलापातीको दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याई ५४ बोका र ५४ राँगाके बलिदिइएको तथा भोली विजयादशमीको दिन विहान मूलगेटमा फर्काइनेछ ।

