वीरगञ्ज, कार्तिक ६
एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आईतवार भारतले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यो जित सँगै भारतले विश्वकप २०२३ मा लगातार पाँचौ जित दर्ज गरेको छ । टस जितेर पहिले फिल्डिङ्ग गर्ने निर्णय लिएको भारतलाई न्यूजिल्याण्डले व्याटिँग गर्दै २७४ रनको विजय लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ्गमा ओर्लेको भारतको सुरुवात राम्रो भएपनि रोहित शर्मा र सुभमन गिल आउट भएसँगै मध्यसमयमा भारतीय टिम निकै दबाबमा देखियो तर विराट कोहलीको शानदार प्रदर्शन सँगै भारतीय टिम जित पक्का गरेको थियो ।

