वीरगञ्ज, कार्तिक १०
अमेरिकी सेनाले पूर्वी सिरियाको दुई सैन्य अखाडामा आक्रमण गरेको छ । अमेरिकी रक्षामन्त्री लोयर्ड अस्टनले यो हवाई आक्रमण ईराक र सिरियामा रहेका अमेरिकी सेनाको आत्मरक्षाका लागि गरेको बताएका छन् ।साथै अमेरिकी सेनामाथिको ईरान समर्थित आक्रमण कदापी स्वीकार्य नहुने र यसलार्ई तत्काल रोकिने समेत रक्षामन्त्री लोयर्डले बताएका छन् ।
गाजामा तनाव बढेपश्चात सिरियामा ४ पटक र ईराकमा १२ पटक अमेरिकी सैनिक क्याम्प माथि आक्रमण भएको र सो आक्रमणमा परी २१ अमेरिकी सैनिक घाईते भएको जानकारी प्राप्त भएको छ । हाल सिरियामा ९०० र ईराकमा २ हजार ५ सय अमेरिकी सैनिक तैनाथ रहेका छन् ।

