Home राजनीति सई तुराहालाई ७ दिनभित्र कारवाही नगरे कडा सँघर्ष गर्ने पर्सा काँग्रेसको चेतावनी

सई तुराहालाई ७ दिनभित्र कारवाही नगरे कडा सँघर्ष गर्ने पर्सा काँग्रेसको चेतावनी

वीरगञ्ज, कार्तिक १०
वीरगञ्ज महानगरपालिका वडा नं.७ का वडाध्यक्ष लाई कुटपिट गरि आँखा फुटाई दिएका प्रहरी नायब निरीक्षक तुराहालाई ७ दिनभित्र कारवाही नगरे कडा आन्दोलन गर्ने नेपाली काँग्रेस पर्साले चेतावनी दिएको छ ।
वडाध्यक्षलाई कुटपिट गरेको प्रहरीलाई कारवाहीको माँगगर्दै नेपाली काँग्रेस पर्साले आज विरगञ्जमा विरोध प्रदर्शन समेत गरेको छ । काँग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीको नेतृत्वमा घण्टाघरबाट निस्केको नाराबाजी सहितको विरोध र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो भने कार्यवाहक अध्यक्ष कुर्मीले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै घट्नाका दोषी नगवा ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (सई) रवीन्द्र साह तुरहालाई ७ दिनभित्र कारवाही गर्न आग्रह गर्दै त्यसो नगरिए कडा सँघर्ष गर्ने चेतावनी समेत दिएको नेपाली काँग्रेस पर्साले जनाएको छ ।

गत कार्तिक ५ गते बडादशैं अन्तर्गत अष्टमीको रातीमा रेल्वेरोडस्थित हनुमान मन्दिरमा भईरहेको धार्मिक भजनकिर्तनमा प्रहरीले हस्तक्षेप गर्नखोज्दा वडाध्यक्षको नाताले त्यसो नगर्न आग्रह गरेपछि नेपाली काँग्रेसबाट निर्वाचित विरगञ्ज वडा नं.७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई पुरानो रिसिवीका कारण सई तुरहाले कुटपिट गरी रातभरी थुनामा समेत राखेका थिए । प्रहरीको कुटाईबाट वडाध्यक्ष महर्जनको आँखामा गम्भीर चोट लागेको र हाल उनको उपचार भईरहेको पारिवारीक स्रोतले बताएको छ ।
विरोध र्यालीमा प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली काँग्रेस पर्साका उप सभापति अशोक गुप्ता, सचिव द्धय दिनेश चौधरी र ईम्तियाज आलम, पर्सा प्रबक्ता रमेश पाण्डे, क्षेत्रिय सभापति महम्मद सहाबुदिन लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments