
रौतहट सन्वाददाता// रौतहट कार्तिक १०
सवारी दुर्घटना बाट रौतहटमा आज शुक्रबार एक वृद्धको ज्यान गएको छ । काठमाडौबाट मधेश प्रदेशको रौतहटको माधवनारायण नपा वडा न. ६ माधोपुर हुदै पिप्रा आउने रात्री बस बडिगार्डले माधवनारायण नगरपालिका ७ स्थित फुलबरिया गाउँमा आज बिहान करिब ५ बजेको समयमा घुर बालेर बसि रहेको समयमा अचानक बडिगार्ड नामक बसले ठाेक्कर दिदा स्थानीय ६५ वर्षिय ब्रहमदेव दासको घटनास्थल मै ज्यान गएको छ ।

सोही गाडी घरमा पस्दा सुतिरहेको अबस्थामा ५५ वर्षिय फेकु दास र ५० वर्षियय सुमित्रा देवी घाइते भएकी छिन ।
ठाेकर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा घट्नाको विशेष अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

