
रंजित पाण्डे//बारा,कार्तिक १२ बारा प्रहरीले आज आईतवार सय बोतल रक्सी नस्ट गरेको छ |
तस्करहरुले नेपाल उत्पादित करिब सय बोतल कस्तुरी ब्रान्डको रक्सी प्लास्टिक बोरामा राखी भारत लैजाने क्रममा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ स्थित सीमावार्ती गाउँ बलिरामपुरबाट प्रहरीले पक्राउ गरेकोहो | ईलाका प्रहरी कार्यालय प्रसौनीका बरिष्ठ प्रहरी हवल्दार सोनालाल पटेलको कमाण्डमा रहेको प्रहरीको नियमित गस्ती टोलीलाई हेरे पछि तस्करहरु बोरा भारी रक्सी फालेर भागेको र सो रक्सी नियन्त्रणमा लिई नस्ट गरेको ईलाका प्रहरी कार्यालय प्रसौनी का ईन्चार्ज प्रहरी निरिक्षक बोहराले जानकारी दिनु भयो |

