
राजु चौरसिया // बारा कार्तिक १३
अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते बाराका रुपेश स्वर्णकार मृत घोषित भएका छन् । बाराको कलैया ६ निवासी स्वर्णकार लाई आफुले सञ्चालन गरेको बाल एकता बोर्डिङ्ग स्कुलबाट नजिकैको मदर्सा टोलमा सोमबार दिउँसो मोटरसाईकलमा आएका अज्ञात व्यक्तिहरु दुई राउण्ड गोली प्रहार गरी फरार भएका थिए ।
गोली लागेर सख्त घाईते स्वर्णकार लाई एल एस न्यूरोबाट थप उपचारका लागि वीरगञ्ज स्थित बयोधा मेडिसिटीमा लगेको तथा उपचारकै क्रममा दिउँसो करिब पौने तिन बजे स्वर्णकारलाई मृत घोषणा गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले बताउनुभयो ।

