Home राजनीति कावा मेयर खातूनको कारण पालिका अस्त व्यस्त

कावा मेयर खातूनको कारण पालिका अस्त व्यस्त

भोला यादव// रौतहट // कार्तिक १२ गते,

रौतहटको फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातूनको जिद्धको कारण पालिका अस्त व्यस्त बनेका छ । कार्यवाहक मेयर खातुनले आफ्नो अनुकूलका हाकीम सुरेन्द्र प्रधानलाई नै प्रमुख प्रसाशकीय अधिकृतको रुपमा हाजिर गराउन खोज्दा नगरपालिका अस्त व्यस्त बनेका हो ।

रौतहटको उतरी भेगमा रहेको फतुवा बिजयपुर नगरपालिकामा सुरेन्द्र प्रधान यस अघि पनि कार्यभार सम्भालि सकेको र आफ्नो कार्यकालमा चरम भ्रष्टाचार गरेका कारण प्रधान हाकिमको रुपमा हाजिर हुदा पालिकामा पुनः ब्रह्मलूट मचाउने भन्दै वडा नं १ देखी वडा नं ११ सम्मका वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले प्रधानलाई हाजिर नगराउन भन्दै बिरोध गरेका छन ।
हिन्दुहरुको महान पर्व दीपावली तथा लोक आस्थाको पर्व छठ पर्वको शुभ अवसरमा वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरु एका तर्फ र कार्यवाहक मेयर खातुन एकलै अर्को तर्फ रहेर विवादित बनाएका पालिकामा कार्यरत कर्मचारिहरुले तलब भत्ता न पाउदा केहि दिन अगाडी पालिकामा ताल्चा समेत लगाएका थिए ।

जन निर्वाचित मेयर निलंबन भएको मौकाको फाईदा उठाउन कार्यवाहक मेयर आफ्नो अनुकूलको हाकीम हाजिर गराई मनोमानी गर्न खोजिरहेको कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन । कार्यवाहक मेयरका कारण लथालिङग बनेका पालिकाका कर्मचारीको तलव, वृद्ध वृद्धाका भता, पोषण भता समेत वितरण हुन सकेको छैन । साथै आम नागरिकको दैनिक सेवा समेत प्रभावित भएको तर कार्यवाहक मेयर यस प्रति गैर जिम्मेवार देखिएको वडा अध्यक्षहरुको आरोप रहेको छ ।

नेपाल सरकारको नियम अनुसार अषाढ १० गते निति तथा बजेट कार्यक्रम ल्याउने व्यवस्था रहे पनि अहिले सम्म पालिकाले नगर सभा गरी बजेट समेत प्रस्तुत गर्न सकेको छैनन । प्रत्येक महिना कार्यपालिकाको बैठक बस्ने नियम हुदाहुदै पनि लगभग २ र ३ महिना देखि एउटा पनि बैठक नबसेको र निमित्त प्रमुख प्रशासकीय अधिकृतले सूचना गर्दा आफु अर्को सूचना गरेर स्थगित गर्ने गरेको कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन ।
उता कार्यवाहक मेयर खातुन कुनै हालतमा प्रधान बाहेकको अर्को हाकिमलाई हाजिर नगराउने अडान राखेकि छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments