राजु चौरसिया// बारा, कार्तिक १४

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख केम प्रसाद देवकोटाको भ्रष्टाचारका कारण वीरगन्ज भन्सार कार्यालय (आइसिपी) मर्कामा परेको तथ्यांकले देखाएको छ ।
अनुसन्धान प्रमुख देवकोटाले वीरगन्ज पथलैया औद्योगिक करिडोरका उधोगहरुमा दादागिरीका साथ रकम लिने गरेको तथा रकम नदिने उधोगलाई सिल गरिदिने धम्कि समेत दिने गरेको जानकारी प्राप्त भएको छ ।
अनुसन्धान प्रमुख देवकोटाले कार्यालयका शाखा अधिकृत मान सिङ्ह धामि मार्फत उधोगी हरु सङ्ग रकम असुली गर्नुका साथै अहोरात्र खटेर विभिन्न सिमानाका हरुबाट प्रहरी द्वारा समातेर ल्याइएका तस्करीका समानहरु पनि ठूलो नजराना लिइ छोड्नुले प्रहरिको इज्जत पनि धुमिल भैरहेको देखिएको छ ।

