
राजु चौरसिया// बारा कार्तिक -१४
दुई लाख तिरेर खुल्ला भएको केही दिन नबित्दै नेशनलको सिलप्याक पानीबोतलमा ठूलो कमिला भेटिएपछि यस्तो उद्योगलाई बन्द नै गर्नुपर्ने उपभोक्ताहरुले माँग गरेका छन् । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित नेशनल पानी उद्योगले आफुहरुको स्वास्थ्यसँग ठूलो खेलवाड गरिरहेको आम उपभोक्ताको बुझाई छ ।
गत असोज १६ गते यसै उद्योग द्धारा उत्पादित पानीको बोतलमा माकुरा भेटेपछि बाराका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले उद्योगमा सिलबन्दी गरेपछि रु.२ लाख जरिवाना तिरेर पुनः यस्तो लापारवाही नदोहोरयाउने सर्तमा सिल खोलिएको उद्योगबाट पुनः यस्तो प्रकारको गतिविधी हुनुलाई सर्वसाधारणले लापारवाहीको पारकाष्ठाको रुपमा लिएका छन् । अतः यस्तो उद्योग मानव समाजको लागि अभिसाप भएको भन्दै तुरुन्त बन्दै गर्नुपर्ने आम उपभोक्ताको माँग रहेकोे छ ।

