
वीरगञ्ज, कार्तिक १५
चाडपर्वको मुखमा आएर ह्वातै बढेको प्याजको भाउका कारण उपभोक्ताहरु मर्कामा परेका छन् । लगभग हरेका भन्साका लागि अनिवार्य मसलाको जस्तै रहेको प्याजको भाउमा एकाएक भएको वृद्धिकाकारण भन्साको बजेटमा एक्लै प्याजले ठूलो हिस्सा ओगट्ने गरेकोले प्याजको प्र्रयोगमा कटौती गर्नपर्ने अवस्था सिर्जना हुनथालेको आम उपभोक्ताहरु बताउँछन् ।
दशैं आउनलाग्दा वीरगञ्जको बजारमा लगभग अढाई सय रुपैयाँ प्रति पाँच किलोको दरले विक्रीभएको प्याज दशैंको अन्त्यतिर आएर एकाएक चार सय पचास रुपैयाँ प्रति पाँचकिलोमा विक्री हुनथालेको र हालसम्म दिनहुँजसो भाउँमा वृद्धि हुँदै गएको देखेर उपभोक्ताहरु चिन्तित भएको बताएका छन् ।
यता प्याजको भाउँ बढाउनु आफुहरुको रहर नभई बाध्यता रहेको वीरगञ्ज घण्टाघरका तरकारी व्यवसायीहरु बताउँछन् । यसपालिको नयाँ उत्पादन बजारमा नआएसम्म प्याजको भाउमा गिरावट आउने सम्भावना नरहेको व्यवसायीहरुको भनाई रहेको छ ।

