
मुन्ना ठाकुर// वीरगञ्ज, कार्तिक १५
पर्साको ठूलो ईटियाही स्थित नेपाल स्काउट निमाविको आयोजनामा आज बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस विन्दवासनीका सभापति बिवेक चौरसिया, मुनिलाल दास, उपनेश कुमार चौरसिया लगायत २७ जनाले रक्तदान गरेका छन् । विन्दवासनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जयप्रकाश चौरसियाको व्यवस्थापकिय सहयोगमा सम्पन्न कार्यक्रममा स्थानिय स्तरका शिक्षक, बुद्धिजिवी, पत्रकार, राजनितीकर्मी, युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

