Home Uncategorized बिपिसीका छात्र द्धारा आत्महत्याको प्रयास

बिपिसीका छात्र द्धारा आत्महत्याको प्रयास

वीरगञ्ज, कार्तिक १५
वीरगञ्ज पानीटंकी स्थित वीरगञ्ज पब्लिक काँलेज(बिपिसी) मा अध्ययनरत कक्षा १२ का एक जना छात्र क्याम्पसकै छतबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् ।
काँलेजमा अध्ययनरत बारा विश्रामपुर गाउँपालिका – ५ नकटुवा निवासी १८ वर्षीय छात्र राजीव महतो बुधवार विहान करिब ७ बजे काँलेजकै तेस्रो तल्लाको छतबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका हुन् ।
छतबाट हामफालेका महतोलाई क्याम्पस छेउको खाली जग्गामा लडेको अवस्थामा देखेर छिमेककी एकजना महिलाले कालेज प्रशासनलाई खबर गरेपछि विद्यार्थी तथा प्रशासनिक कर्मचारीले महतोलाई नजिकैको प्रभु अस्पतालमा भर्ना गरेका थिए । घाईते महतोको खुट्टा तथा हातमा गम्भीर चोट लागेकोले उनलाई प्रभु अस्पतालबाट बयोधा अस्पतालमा थप उपचारको लागि भर्ना गरिएको तर घाईते महतो भने खतरामुक्त रहेको पर्सा प्रहरीले जनाएको छ ।
छात्र महतोले के कति कारणले आत्महत्याको प्रयास गरेको भन्ने कुराको बारेमा अहिले सम्म प्रष्ट नभएको जनाईएको छ ।

RELATED ARTICLES

आई टी फोकल शिक्षकहरुका लागि क्षमता विकास तालिम गोरखाको धार्चेमा सुरु

संजय गुप्ता// वीरगञ्ज, असार ०२// गोरखाको धार्चे  गाउँपालिकामा आईटी फोकल शिक्षकहरुको क्षमता विकास सम्बन्धि ३ दिने तालीम आज सोमबारदेखि सुरु भएको छ । धार्चे गाउपालिका शिक्षा,...

वीरगञ्जका विद्यालयहरु १ हप्ता अझै नखुल्ने

संजय गुप्ता// वीरगञ्ज, असार ०१// अत्यधिक गर्मिका कारण प्रभावित भएकोमा विदा गरिएका वीरगञ्ज महानगरका विद्यालयहरुमा पुन: ६ दिन विदा थप गरिएको छ । गर्मीले विद्यार्थीहरुको स्वास्थ्यमा...

विश्वप्रसिद्ध उद्योगपति रतन टाटाको मृत्यु, राष्ट्रपति र प्रधानमन्त्री द्वारा शोक व्यक्त

विरगञ्ज, असोज २४ विश्व प्रसिद्ध भारतिय उद्योगपति रतन नवल टाटाको निधन भएको छ । ८६ वर्षिय टाटाको मुम्बईको ब्रीच कैन्डी अस्पतालमा उप्चारको क्रममै हिजो बुधबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments