वीरगञ्ज, कार्तिक २५
नेपालीहरुको प्रमुख पर्वहरुमध्येको एक तिहार अर्थात यमपञ्चक आज शनिवार देखि शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी देखि शुरु हुने यमपञ्चक आज देखि शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितीले जानकारी दिएको छ ।
कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने तथा सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने शास्त्रीय व्यवस्था रहेकोले आज शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । ‘

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको तथा परिवारको सँख्याको आधारमा यमदिप दान गर्ने शास्त्रीय मान्यता रहेको छ । कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्धितिया अर्थात भाईटिकको दिन सम्म यमदिप दान गर्ने प्रचलन रहेको छ । साथै त्रयोदशी आज शनिवार परेका कारण धन त्रयोदशी पनि आज नै मनाईने समितीले जनाएको छ । धनत्रयोदशी शनिवार मनाईने समितीले निर्णय गरेपनि मध्यतराईको पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरु लगायत विभिन्न ठाउँमा हिजो शुक्रवार नै धन त्रयोदशी मनाइएको छ ।
तराईका सिमावर्ती जिल्लाहरुमा भारतीय रहन सहन र सँस्कृतिको प्रत्यक्ष प्रभाव रहने गरेको तथा सिमावर्ती भारतीय जिल्लाहरुमा पनि हिजो शुक्रवार नै धनत्रयोदशी मनाइएका कारण तराईका अधिकाँश जिल्लाहरुमा शुक्रवार नै धनत्रयोदशी मनाइएको जानकारहरुको भनाई रहेको छ ।

