वीरगन्ज, मंसिर ४
पर्साको धोरे र इनर्वामा आज सोमबार कुश्ति प्रतियोगिता एवम मेला आयोजना गरिएको छ ।
करिब ५० औ बर्ष देखि कार्तिक शुक्ल सप्तमी अर्थात छठ पर्वको परनाको दिन आयोजना हुँदै आएको प्रतियोगिता लाई निरन्तरता दिने क्रममा आज आयोजित प्रतियोगितामा भारत तथा नेपालका प्रख्यात पहलवान हरुले भाग लिएका थिए ।

त्यस्तै मधेसको एकमात्र महानगर वीरगन्ज को वडा नम्बर १६ज इनर्वा आयोजित कुश्ती प्रतियोगिताको उदघाटन जसपा नेता एवम पर्सा क्षेत्र नम्बर १ का सान्सद प्रदिप यादवले उदघाटन गर्नुभयो ।
मेलामा विशिष्ट अतिथिको रूपमा बिरगंज नगर प्रमुख राजेशब मान सिंह, बहुदरमाइ गाउपालिका अध्यक्ष सिन्हासन साह, जिल्ला समन्वय समिती पर्साका सभापति अजयइ सरराफ लगायतका नेता तथा कार्यकर्ताहर्को सहभागिता रहेको थियो ।
प्रत्येक वर्ष छठ पर्वको परनाको अवसरमा हुदै आएको परम्परा स्वरुप आज भएको कुस्ती प्रतियोगितामा छिमेकी मुलुक भारतको यूपी, बिहार, लुधियाना, पञ्जाब, दिल्लीु लगायतका ठाउँबाट पहलवान हरु कुश्तिका लागि आएका छन् । दुई दिन सम्म लाग्ने यो मेला र प्रतियोगिता भोलि मङ्गलवार सम्म चल्ने आयोजक समितिले जानाएको छ

