वीरगञ्ज, मंसिर ५
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिले लोकतन्त्र बचाउन देशमा नेकपा एमाले को अपरिहार्यता रहेको ठोकुवा गर्नुभयो ।

पर्साको पोखरियामा आज आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा नेता ओलिले एमाले सरकारले गरेको विकास मुलुकमा जताततै देख्न सकिने र यसैको नमूनाको रूपमा हुलाकी सडक र आइसिपी लाई लिन सकिने बताउनु भयो ।
कार्यक्रममा पर्सा क्षेत्र न.३ का पूर्व सान्सद हरिनारायण रौनियार को नेतृत्वमा सयौं जनाले विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा एमालेका सान्सद राजकुमार गुप्ता, पोखरिया नगरपालिका का प्रमुख प्रदुम्न चौहान, सखुवा प्रसौनी गाउपालिका अध्यक्ष यसवन्त यादव, छिपहरमाइ गाउपालिका अध्यक्ष मनोज गुप्ता, पूर्व सान्सद विचारी यादव, नेताहरु बश्रुदिन अन्सारी, जालिम मिया लगायतका नेता तथा कार्यकर्ता हरुले आ आफ्नो मन्तव्य रख्नुभयो ।

