राजु चौरसिया, कलैया, मंसिर ०९
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक रबिभुषण यादव सिङो नेपाल प्रहरीकै अस्मितामाथी आच आउनेगरि पैसाको पछि दौडिरहेको देखिएको छ ।
अनिवार्य अवकास हुन केहि महिना मात्र बाँकि रहेकोे रौतहट निवासी प्रहरी निरीक्षक यादव माथिल्लो निकायमा पावर लगाई बारा र रौतहटको सिमामा पर्ने ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा सरुवा गराएर दुबै जिल्लाका तस्कर हरु सङ्ग साठ गाठ गरेर तस्करीको लाईन खुलाएका छन्। यतिमात्रै नभै मदिरा सेवन गर्न नेपाली सिमाभित्र छिर्ने भारतिय नागरिक हरुलाइ समेत आफ्नो नियन्त्रणमा लिइ होहल्ला गरेको भनी बार्गेनिङ गर्ने गरेको श्रोतको दाबि रहेको छ।
प्रहरी निरीक्षक यादव आफ्नो क्षेत्र भित्र अपराध नियन्त्रण कार्यलाई प्राथमिकता नदिइ तस्कर र तस्करी लाई बढी प्राथमिकता दिई रहेको कुरा केहि दिन पहिला नै यादवले तस्करीको लाईन दिएका तस्करले तस्करी गरी ल्याएका कपडा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराको टोलिलाई जिम्मा लगाएको घटनामा नै यादवको संगलन्ता रहेको समेत पुष्टी भईसकेकोले स्पष्ट हुन्छ ।

