वीरगञ्ज, मंसिर १०
रौतहटमा बेवारिसे अवस्थामा एक युवतीको शव हिजो शनिवार फेला परेको छ ।
रौतहटको राजपुर नगरपालिका–९ स्थित लाल बकैया खोलाको पश्चिम बाँधको बाटोमा शनिवार दिउँसो युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव फेला परेको युवतीको उमेर अन्दाजी २०/२२ वर्ष रहेको छ । शव चिन्ने तथा घट्नाको बारेमा विशेष अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

