राजु चौरसिया// कलैया, मंसिर १०
प्रादेशिक अस्पताल कलैया बारे अत्यधिक गुनासो हरु बाहिरिन थालेपछि कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साहको नेतृत्वमा आईतबार छड्के अनुगमन गरीएको छ। अनुगमन गर्दा प्रादेशिक अस्पताल कलैयामा १०:१५ बजेसम्म कुनै पनि डाक्टर उपस्थित नरहेको भेटिएको छ। भने अस्पातालको शौचालय लगायत वार्डहरु समेत धेरै नै दुर्गन्धित रहेको पाईएको छ।

साथै अस्पातालका चिकित्सक लगायत प्रशासनिक कर्मचारी हरु समेत आफू खुसी आउने जाने गरेको देखिएको तथा मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बिकास साह तिन देखि हाजिरी नै नगरेको पाईएको छ।
छड्के अनुगमन गरीएको हो हल्ला भएपछि ओपिडीमा खटिने डाक्टरहरु ११ बजे तिर अस्पतालको पोशाक नलगाई हतार हतार विना पोशाक नै अस्पतालमा पुगेका थिए । नगर प्रमुख साहले अब उप्रान्त विना पोशाक अस्पतालको हाता भित्र भेटिए भौतिक कारवाही गर्ने चेतावनी दिनुभयो ।
नगरप्रमुख साह नजिक प्रादेशिक अस्पातालमा समयमा डाक्टर नआउने, कमिसनको उदेश्यले एक्स-रे का लागि बाहिर पठाईने, शौचालय लगायत अस्पातालमा सरसफाई नहुने, अस्पतालको फार्मेसी समयमा नखुल्ने र खुलेपनी नेपाल सरकारले नि:शुल्क बितरण गर्ने औषधि बिरामिलाई नदिने, सरकारी अस्पताललाई मेसु तथा त्याहाँका कर्मचारीहरुले आफ्नो पुर्ख्यौली सम्पती ठान्ने र ती सब कुराहरुलाई सुधार्न बारम्बार अवगत गराउंदा समेत राजनितिक पावरको आडमा अस्पताललाई लथालिङ्ग पार्ने कार्य नरोकिएको जनगुनासो आएपछि छड्के अनुगमन गरीएको नगर प्रमुख साहले बताउनु भयो ।
अनुगमनका क्रममा कलैया उपमहानगरपालिकाको नगरप्रमुख साह सँगै संबिधान सभा सदस्य प्रमोद गुप्ता , पूर्व प्रदेश सभा सदस्य पारस साह , उधोग बाणिज्य संघ कलैया बाराको अध्यक्ष राजकुमार गुप्ता , नेकपा माओवादी केन्द्रको कलैया नगरअध्यक्ष मुकेश साह लगायत बिभिन्न राजनीतिक ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

