विरगञ्ज, मंसिर १५
एक वर्ष अघि असामयिक निधन भएको पर्साका कृयाशिल यूवा पत्रकार नरेश सरराफको प्रथम स्मृति सभा आज शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमका अधिकान्स वक्ताहरूले स्वर्गीय पत्रकार सर्आफको चरीत्र बाट यूवा पुस्ताले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अतिथिको आसन बाट बोल्दै नेकपा एमालेका यूवा नेता मनोज चौधरीले स्वर्गीय पत्रकार सरराफको परिवारलाई रु ५० हजार् आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । नेपाल पत्रकार महासङ्घ पर्साका अध्य्क्ष अनुप तिवारीले स्वर्गीय सरराफको नाममा पत्रकारिता पुरस्कारको घोषणा गत वर्ष नै महासङ्घले गरिसकेको तथा अगामी दिनहरुमा समेत वहाँ को परिवार सङ्ग हरेक सुख दुखमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वर्गीय सरराफ आबद्ध सञ्चार गृह साहारा दैनिकका प्रकाशक चन्द्रभुषण साहको अध्यक्षतामा रेडियो विरगञ्जको पर्सरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी विरगञ्जका नगर प्रमुख राजेशमान सिन्ह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमालेका नेता डा विश्वम्भर शर्मा, पत्रकारसँग सम्बन्धित विभिन्न पेशागत सङ्घ सङ्गठनका प्रतिनिधि लगायत पर्साका अधिकान्स सञ्चारकर्मी हरुको सहभागिता रहेको थियो ।

