वीरगञ्ज, मंसिर १६
पर्सा, बारा, रौतहट लगायत मध्य तराई को मौसममा आज शनिबार विहान देखि अचानक आएको परिवर्तनले जनजीवन प्रभावित भएकोे छ ।

जाडोयाम सुरुभए यता आज पहिलो दिन विहानै देखि लागेको बाक्लो हुस्सु र अत्यधिक चिसोले विशेषगरी विहानै घरबाट बाहिर जानेहरु बढी प्रभावित भएको देखिएको छ ।
आज विहान देखि बढेको चिसोले र हुस्सुका कारण सवारी साधन चलाउनमा बढी कठिनाइ भएको सर्वसाधारणहरुले बताएका छन् ।

