वीरगञ्ज, मंसिर १७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल यही मंसिर २४ र २५ मा केन्द्रिय बैठकको तयारीमा रहेको छ । बैठकमा केन्द्रिय अध्यक्ष कमल थापाले मुलुकको वर्तमान राजनितीक अवस्था र पार्टीको अगामी कार्यदिशा एवम् रणनिती बारे कार्यपत्र पस्तुत गर्ने तयारी रहेको बताइएको छ ।

यो बैठक पार्टीको नियमित बैठक रहेकोले बैठकमा पदाधिकारीहरुले आ आफ्नो प्रतिवेदन पेश गर्ने तथा मंसिर २५ गते उपत्यका स्तरीय बृहत कार्यकर्ता भेला गर्दै बैठक समापन हुने पार्टीले जनाएको छ ।

