वीरगञ्ज, मंसिर १७
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले समानुपातिक निर्वाचन प्रणालीले मुलुकमा विकृति ल्याएको आरोप लगाउनुभयो । नेपाली काँग्रेस लुम्बिनीकोपहिलो प्रदेश सम्मेलनलाई हिजो शनिवार सम्बोधन गर्दै महामन्त्री थापालेनिर्वाचन प्रणाली बदल्नुपर्ने बताउँदै सँसदमा निर्वाचन सम्बन्धि विधेयक ल्याउने तयारी भईरहेकोले त्यसमा काम गर्न अति आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

सम्बोधनमा क्रममा महामन्त्री थापाले २०४६ पछि उच्च ओहोदामा बसेका सबैजनाको सम्पति छानविन गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । नेपाली काँग्रेस लुम्बिनीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अनियमित तरिकाले कमाएको सम्पति जफत नै गर्ने कानुन बनाउपर्ने समेत बताउनुभयो । साथै नेता थापाले चुनाव अघिको गठबन्धनले लोकतन्त्रलाई विकृत बनाएको बाताउँदै अगामी निर्वाचनमा काँग«ेस एक्लै चुनाव लड्नुपर्ने दृढता समेत व्यक्त गर्नुभयो ।

