Home अपराध प्रहरी चौकी ईनर्वाले चोरी गराउँदै, चोर भन्दा प्रहरी सँग असुरक्षित महसुस भईरहेको...

प्रहरी चौकी ईनर्वाले चोरी गराउँदै, चोर भन्दा प्रहरी सँग असुरक्षित महसुस भईरहेको स्थानियको गुनासो

वीरगञ्ज, मंसिर १९ । अस्थाई प्रहरी चौकी ईनर्वाले चोरहरु सँग साँठगाँठ गरी चोरी समेत गराउन थालेपछि चोर भन्दा प्रहरी सँग आफूहरु बढी असुरक्षित रहेको स्थानियहरुले गुनासो गरेका छन् ।

गत भाद्र २३ गतेको राती करिब १२ बजेतिर बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर निवासी हिमाञ्चल महतो केवटको भैंसी चोरी गरि भागिरहेका २ जना चोरहरुलाई भैंसी सहित ईनर्वा प्रहरीले नियन्त्रणमा लिई चौकीमा राखेको कुरा त्यति खेरै केही स्थानियबासीहरु सँगै चोरहरुलाई पछ्याउँदै गएका भैंसी धनि हिमाञ्चल महतो समेतले आफ्नै आँखाले हेरेका थिए ।


भैंसि सहित चोरहरुलाई प्रहरीले नियन्त्रणमा लिएको देखेर भैंसीधनी महातो तथा स्थानियहरु ईनर्वा प्रहरी सँग आफ्नो भैंसी माग्न जाँदा डिउटीवाला प्रहरीले तपाइँको भैंसी र चोर हरु समेत हाम्रो नियन्त्रणमा रहेकोले भोली विहान केही भद्रभलाद्मीका साथ चौकीमा आई आफ्नो भैंसीलानुहोला भन्दै फर्काएपछि राती घर फर्केका गाउँले तथा भैंसीधनि भोलि विहान पुनः स्थानिय वडाध्यक्ष सहित चौकीमा जाँदा प्रहरीले भैंसीमात्र पक्राउ परेको र चोरहरुलाई समात्न नसकेको कुरा बताएपछि स्थानियहरु आश्चर्यचकित भएका थिए ।

कुरा बुझ्दै जाँदा चौकीका ईन्चार्जले भैसी चोर विश्रामपुर गाउँपालिका वडा नं.४ बलिरामपुर निवासी रामलाल महतोको छोरा बिमल महतो केवट सहित दुईजनासँग मोटो रकम असुलेर रातिमै भगाएको रहस्योद्घाट्न भएको छ ।

यता यस विषयमा पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाह सँग कुरा गर्दा चोरहरु लाई समातेको कुरा आफुलाई जानकारीमा नआएको र स्थानियले भने अनुसार भैंसि चोरहरुले यति मोटो रकम दिनसक्ने हैसियतको पनि हुन नसक्ने भन्दै खासै रुचि नदेखाएकोमा सर्वसाधारण असँतुष्टी व्यक्त गरेका छन् ।

प्रहरीबाट भएको यस्तो घिनलाग्दो कार्यले सिँगो नेपाल प्रहरीको गरिमालाई धुम्ल्याउने गरेको तथा प्रहरीको यस्तो रवैयाले अपराधिहरुको मनोबल बढ्ने र असल नागरिकलाई सास्तीको वातावरण सृजना हुने भएकोले यस घट्नाको उचित छानविन हुनुपर्ने माँग बलिरामपुर बासीहरुले गरेका छन् ।

RELATED ARTICLES

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

प्रधानमन्त्री कार्कीले भोलि सम्बोधन गर्ने

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०८// भोलि विहिवार प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा भोलि बेलुकी...

साढे १४ लाख नगद सहित १ जना पक्राउ

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०७// स्रोत नखुलेको साढे १४ लाख रुपैया सहित १ जनालाई आज मङ्गलवार बिराटनगर बाट प्रहरीले पक्राउ गरेको छ । को ३८...

बडा दशैको पहिलो दिन देखि शक्तिपिठ्हरुमा चहलपहल बढ्यो, सुरक्षा व्यवस्था कडा

  मनोज गुप्ता // वीरगञ्ज, असोज ०६// आज असोज ६ गते असोज शुक्ल प्रतिपदा बडा दशैको घटस्थापना, आज पर्सा, बारा, रौतहट लगायत सिमावर्ती भारतीय बजारहरुमा दशैको...

आज देशभरी भारी तथा मध्यम वर्षाको सम्भावना

  संजय गुप्ता// वीरगञ्ज, भाद्र २८// आज शनिबार पहाडका केही भूभागमा भारी वर्षा सहित केही पहडी तथा तराईका अधिकान्स भू-भागमा मध्यम वर्षा हुने बताईएको छ । मनसूनको...

Recent Comments