वीरगञ्ज, मंसिर १९
बाराको बिश्रामपुर गाउँपालिकामा गहुँको बीउ बितरणमा व्यापक अनियमितता भएको देखिएको छ ।
कृषकहरुको सहुलियतका लागि नेपाल सरकार द्वारा सर्वसाधारण किसानलाई अनुदानमा बिक्रि वितरण गर्न प्राप्त गहुँको बीउ पालिकाका बोर्ड सदस्यहरुले आफ्ना आफन्त र आसेपासे सम्म पुर्याउन हदै सम्म चरित्रहिनता देखाएका छन् ।

लक्ष्यित कृषकहरुलाई बिहान केहिबेर बीउ बितरणको देखावा गर्दै एकै छिनमा बीउ सकिसकेको भन्दै बितरण कार्य बन्द गर्न लगाइ बेलुका तिर कोहि नभएको मौका छोपी आ आफ्ना आफन्त तथा आसेपासेलाइ बितरण गरेको खबर प्राप्त भएको छ ।
गुपचुप रूपमा गहुँको बीउ लिन आफन्त र आसेपासे सङ्गै बोर्ड का केही सदस्य हरु समेत बीउ लिन गाउपालिकाको कार्यालय पुगेको देखिएको छ ।
यस्ता चोर प्रवृतिका जन प्रतिनिधि र कर्मचारीकै कारण लोकतन्त्रप्रतिको सर्वसाधारणको विश्वास गुम्दै गएको तथा यस्ता भ्रष्ट एवम चरित्रहीन पदाधिकारी हरुलाइ आफ्नो वडाबाट बहिष्कार गर्नुपर्ने स्थानिय कृषक हरुको भनाइ रहेको छ ।
गुपचुप रूपमा भएको बीउ बितरणको भिडियो समेत हामी सङ्ग सुरक्षित रहेको छ ।

