चुँडिएको तारबाट किसानको मृत्यु
वीरगञ्ज, मंसिर २३
११ हजार भोल्टको तार खस्दा रौतहटमा एक कृषकको मृत्यु भएको छ । ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा रौटहटको लौकाहामा खेत जोतिरहेका स्थानिय कृषक बैजुलाल पण्डितको मृत्यु भएको हो ।
आज विहान ११ः४५ बजे खेत जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा ५५ वर्षीय कृषक पण्डित सँगै गोरु पनि मरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विद्युत प्राधिकरणको चरम लापारवाहीका कारण यो घट्ना भएको आरोप सर्व साधारणले लगाएका छन् । प्रहरीले घट्नास्थलमा पहिले पनि बिद्युत सर्ट भएर आगो बल्ने गरेको बताएको छ ।

