राजु चौरसिया// बारा मंसिर २८
काङ्ग्रेस नेता एवम सम्बिधान सभा सदस्य राजेश्वर नृसिङ्मु केसिले मुलुक लाई राजनीतिक निकास दिने एकमात्र पार्टी नेपाली काङ्ग्रेस रहेको दाबी गर्नुभयो ।

नेविसंघ का विद्यार्थी नेता बादल यादव का बुवा रघु राय यादवको १३ औ दिनको पुण्य तिथिमा आज बिहीवार आयोजित श्रद्धाञ्जली लाई सभामा नेता केसिले यस्तो दाबी गर्नुभयो ।

कार्यक्रममा काङ्ग्रेस बाराका सचीव राजेश रौनियार, जिल्ला सदस्य अफ्तर हुसैन, नेपाल तरुण दलका केन्द्रिय सदस्य दिपेन्द्र केसरी, नेविसंघका केन्द्रिय सदस्य विजय ढुंगाना, विद्यार्थी नेताहरु सुमित श्रीवास्तव, प्रसन्त रौनियार लगायतका हरुको सहभागिता रहेको थियो ।

