राजु चौरसिया // कलैया , पौष ०२
बाराको फेटा गाउँपालिका वडा नं ७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गम्हरियाले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोप परिक्षार्थीहरुले लगाएका छ्न ।
विद्यालयले गत कार्तिक २३ प्रकाशन गरेको शिक्षक आवश्यकता सम्बन्धि बिज्ञापनअन्तर्गत मावी का लागि ५ र प्रावीका लागि ३८ जनाले आवेदन दिएकोमा आवश्यक सिट संख्या जतिलाइ मात्रै लिखित परिक्षामा उतिर्ण गराएको आरोप पिडित आवेदकले लगाएका छन ।

परिक्षा लिने दिन सम्म पनि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष महम्मद हुसेन , प्रधानाध्यापक पारस प्रसाद साह र वडा अध्यक्ष पप्पु सिँहको बीचमा भागबन्डा नमिलेपछि लिखित परिक्षा नै प्रभावित भै मंसिर ३० गते शनिबार बिहान ९ :३० बजे देखि राखिएको परिक्षा जसोतसो कुरा मिलाइ दिउँसो ३ बजे मात्र सुरु भएको कुरा त्याहा उपस्थित सबैलाई प्रष्टै थाहा भएको कुरा परिक्षामा सहभागी आवेदक बारा महागढिमाइ-७ बेनौली निबासी उमेश कुमार साहले बताएका छन् ।
यतिमात्रै नभइ आवेदन दर्ता गर्ने बेलामा नै सेटिङ्ग भएका उम्मेदवार हरुको आवेदन फर्म छुट्टै राख्ने गरेको र उनीहरुलाई नै लिखित परिक्षामा उतिर्ण गराइएको आरोप समेत आबेदक हरुले लगाएका छन् ।
साच्चिकै परिक्षामा अनियमितता भएको छैन भने सहभागी सम्पूर्ण परिक्षार्थिहरुको कपि जिल्ला प्रशासन कार्यालयमा झिकाइ पुनः परिक्षण गर्नुपर्ने माग अर्का आवेदक प्राथमिक तहको उम्मेदवार देवताल गाउँपालिका निवासी सुमोध कुमार पंडितले गरेका छन ।
यस बिषयमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गम्हरियाको प्रधानाध्यापक पारस प्रसाद साहसँग प्रतिक्रिया लिन खोज्दा फोनकल रिसिभ हुन सकेको छैन।
यसरी मधेसको शिक्षा क्षेत्र लाई धाराशायी बानाउनमा राजनितीक दल, कर्मचारी र नेताहरु समेतको सन्लग्नताले मधेस को भविष्य नै खतरामा रहेको आम अभिभावक हरुको बुझाइ रहेको छ ।

