वीरगञ्ज, पौष २ // मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –८ सिम्पानीमा जङ्गली हात्तीले आतंक मचाएका छन ।गएराती करिब ९ बजे तिर आएका जँगली हातीहरुले स्थानिय राम बहादुर चेपाँग गोठमा आक्रमण गरी क्षतिग्रस्त बनाएका छन् भने टल्के चेपाँगको ढुँगा र जस्ताले बनेको एकतले घरमा आक्रमण गर्दा पूर्ण रुपमा क्षतिग्रस्त बनाएको जनाइएको छ ।
हातीको आतँकबाट मानवीय क्षति भने नभएको तथा हातीहरुलाई नेपाल प्रहरी, नेपाली सेना र स्थानियहरुको सहयोगमा धपाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

