वीरगञ्ज, पौष २
श्रीलंकाली विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री बुधवार नेपाल भ्रमणमा आउने भएका छन । नेपाल श्रीलंका सँयुक्त आयोगको बैठकमा सहभागि हुन साब्री नेपाल आउन लागेका हुन् ।
श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन साब्री बुधबार नेपाल आउने भएका हुन् ।
बैठकमा नेपाल र श्रीलंकाबीच रहिआएको बहुआयामिक सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ । विदेशमन्त्री साब्रीको भ्रमण र बैठक बारे छलफल गर्न नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् ।नेपाल श्रीलंकाको विदेशमन्त्रीस्तरीय बैठक डिसेम्बर २१ र २२ मा काठमाडौँमा हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार श्रीलंकाका विदेशमन्त्री साब्री बैठक सकेर शुक्रबार स्वेदेश फिर्ता हुनेछन् ।

