वीरगञ्ज, पौष २ // वीरगञ्ज २१ स्थित हिमालयन डिस्टिलरीले स्वास्थ्य चौकी लिपनी बिर्ता लाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
स्थानीय वडा कार्यालयले आज सोमबार आयोजना गरेको एक समारोहका बिच स्वास्थ्य चौकिलाइ एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
वडा नम्बर २१ का अध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सान्सद एवम पूर्व मन्त्री प्रदिप यादवले अन्य उद्योगी हरुलाइ समेत यसबाट सामाजिक उत्तरदायित्व प्रती उत्साहित हुनुपर्नेमा जोड दिनुभयो।
करिब २० लाख मुल्य बराबरको सो एम्बुलेन्स बाट सम्बन्धित वडा लगायत आसपासका वडाबासी हरुलाइ समेत सहुलियत हुने वडाध्यक्ष रौनियारले बताउनु भयो ।
कार्यक्रममा हिमालयन डिष्टिलरीका महाप्रबन्धक नविन कुमार उपाध्याय, लिपनीविर्ता स्वास्थ्य चौकीका प्रमुख रामेश्वर राम, निवर्तमान वडाध्यक्ष हबिब मिया लगायतकाको उपस्थिती रहेको थियो ।

