श्रीनिवास साह// वीरगञ्ज, पौष ३
सशस्त्र प्रहरी १३ नम्बर गण बिओपी विरगञ्ज, पर्सा हेडक्वार्टर ले रु पाँच लाख बराबरको प्रतिबन्धित कुखुराको चल्ला नष्ट गरेको छ ।

सिमावर्ती भारतिय बजारबाट चोरी पैठारी गरी ल्याई विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेढा रामबन सडकखण्डमा सञ्चालनमा रहेको कुखुरा फर्ममा राख्न लागेको अवस्थामा फर्मका सञ्चालक वीरगञ्ज ९ निवासी धर्मेन्द्र गुप्ता सहित अन्दाजी पाँच लाख रुपैयाँ बाराबरको ७६ कार्टुन (७६०० गोटा ) कुखुराको चल्ला फर्मबाट आज मँगलवार दिउँसो नियन्त्रण लिइएको हो । सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको सो परिमाणको चल्ला लाई वीरगञ्ज स्थित सशस्त्र प्रहरी पर्सा हेडक्वार्टरमा ल्याई आजै दिउँसो पौने चार बजे स्थानिय वडाध्यक्ष, वडा प्रहरी श्रीपुरका प्रतिनिधी, स्थानिय भद्र भलाद्मी, ह्याचरी सँघका प्रतिनिधी, पत्रकार एवम पशु क्वारेन्टाईनका प्रतिनिधी समेतको रोहवरमा नष्ट गरेको सशस्त्र प्रहरी हेडक्वार्टर पर्साले जनाएको छ ।
्र

