वीरगञ्ज// पौष ९
पर्साको पटेर्वा सुगौलीमा एकजना यूवकलाइ बाघले खाएको छ । पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर २ थरकट्टि गाउँ भन्दा उत्तरी छेउको जङ्गलमा हिजो बेलुका करिब ६ बजेतिर बाघले आक्रमण गरि जङ्गल भित्र लागि मारेको खबर प्राप्त भएको छ ।

गाउँ भन्दा करिब दुई सय मिटर उत्तर जङ्गलमा शौच गर्न गएका स्थानीय बाबुलाल धाँगडका ३२ वर्षीय छोरा मनोज राउत धाँगडलाइ बाघले आक्रमण गरेको हो । आक्रमण पश्चात ३०० मिटर भित्र जङ्गलमा लागि मारेको छ । बाघले धागडको शरिरको अधिकान्स भाग बाघ खाइसकेको अवस्थामा घट्नास्थलमा मृतकको गर्दनको छाला नभएको मासु र हडि, दाहिने घुडा देखि तलको खुट्टा, छाला नभएको खप्पर तथा मृतकको मोबाईल, सुर्तिको बट्टा, ब्रास्लेट र कट्टु भेटेको भने घट्नास्थल भन्दा १० मिटर उत्तर पूर्वमा मृतकको ज्याकेट भेटेको छ ।

